गभर्नर महाप्रसादविरुद्धको मुद्धामा सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी

काठमाडौ । सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीविरुद्धको रिटमा कारण देखाउ आदेश जारी गरेको छ । अधिवक्ता दीपकराज जोशीले गभर्नर अधिकारी शैक्षिक योग्यतामाथि प्रश्न उठाउँदै दायर गरेको रिटको सुनुवाइ गर्दै न्यायाधीश सुष्मलता माथेमाको इजलासले अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा बोलाउने आदेश गरेको हो ।

अहिलेसम्म आदेश आइनसकेकाले अर्को सुनुवाइको मिति थाहा भइसकेको छैन ।
 

रिट निवेदकले गभर्नर अधिकारीको आधारभूत शैक्षिक योग्यता नेपाल राष्ट्र बैंक ऐन २०५८ बमोजिम नभएको जिकिर गर्दै नियुक्ति बदरको माग गरेका छन् ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै