काठमाडौं । जाडोमा छाला एकदमै रुखो र मरेतुल्य हुने गर्छ । छालालाई मुलायम, चम्किलो राख्नका लागि तपाईं बाहिरका खराब सामग्री तथा रसायनयुक्त उत्पादनहरुको प्रयोग नगर्नुहोस् । छालालाई स्वस्थ राख्नका लागि केराको बोक्राको पनि प्रयोग गर्न सकिन्छ ।
केराको बोक्रामा पाइने पोषक तत्वहरुले छालालाई पोषण दिएर स्वस्थ राख्ने गर्छ । यदी छालामा चाउरीपना आउन थालेको छ भने पनि केराको बोक्राको प्रयोग उपयोगी हुन्छ ।
छालाका विभिन्न समस्याका लागि तपाईं केराको बोक्रालाई सिधै छालामा रगडेर केहीबेर मालिस गर्न सक्नुहुन्छ । यसले अनुहार चम्किलो पनि बनाउँछ ।
यदी आँखाको वरिपरि सुन्निएको छ भने पनि केराको बोक्रालाई आँखा बन्द गरेर आँखामाथि केहीबेर राख्नुहोस् । केराको बोक्राको पेस्ट बनाएर लगाउँदा पनि कालो दाग, धब्बा आदिबाट छुट्कारा पाउन सकिन्छ ।
छालालाई हाइड्रेट राखेर चम्किलो बनाउनका लागि पनि केराको बोक्राको प्रयोग गर्न सकिन्छ ।
त्यस्तै केराको बोक्रा, मह, दहीको पेस्ट बनाएर तपाईं फेसमास्क बनाएर पनि लगाउन सक्नुहुन्छ । यसरी छालाका विभिन्न समस्याबाट छुट्कारा पाउन सकिन्छ ।
यसका लागि तपाईंले नियमित रुपमा यसको प्रयोग गर्नुपर्ने हुन्छ । एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- रेसुङ्गालाई आन्तरिक तथा बाह्य पर्यटनको केन्द्र बनाउने नगरपालिकाको तयारी
- धार्मिक तथा प्राकृतिक सम्पदाले भरिपूर्ण अमृत भूमि रेसुङ्गा (फोटो फिचर)
- बीमकहरूका परिपालन अधिकृतहरूसँग छलफल एवम् अन्तरक्रिया
- नेपाल टेलिकमले ग्राहकहरुका लागि आइसिटी डे अफर उपलब्ध गराउने
- श्रमिक दिवसका अवसरमा चेम्बरद्धारा शुभकामना व्यक्त
- एभरेष्ट बैंकको पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन
- ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ मार्केटले लगानी गर्ने
- किरात पहिचानलाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउने पहिलो पर्यटकीय प्रोडक्ट ‘मुन्दुम ट्रेल’