काठमाडौं । प्रधानमन्त्रीको राजीनामा माग गर्दै नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघले काठमाडौंमा प्रदर्शन गरेको छ ।
सरकार काण्डै काण्डमा फसेको र भ्रष्टाचारीलाई संरक्षण गरेको भन्दै नेविसंघले प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने माग गर्दै आज शुक्रबार सिंहदरबारदेखि वालुवाटारसम्म प्रदर्शन गरेको हो ।
उनीहरुले बालकुमारी घटनामा सरकारकै कारण दुई युवाहरुको मृत्यु भएको भन्दै सरकारबिरुद्ध नारावाजी गरेका हुन् । प्रदर्शनमा सहभागीहरुले युवालाई छातीमा गोली होइन रोजगार दे, काण्डै काण्डका नाइके र भ्रष्टाचारीलाई संरक्षण गर्ने प्रचण्ड सरकार राजीनामा दे लेखिएका व्यानर प्रदर्शन गरेका थिए ।
प्रचण्ड नेतृत्वको वर्तमान सरकारले राज्य आतंक फैलाएको उनीहरुको आरोप छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- संसद्को दुवै सदनको बैठक आज, बजेटमाथि मन्त्रालयगत छलफल सुरु हुने
- आज सातै प्रदेशको बजेट सार्वजनिक हुँदै, खर्च क्षमता सुधार्ने चुनौती कायमै
- अन्तिम मिनेटको गोलमा आइभरीकोस्टको शानदार जित
- अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने सहमति
- आजको मौसमः केही क्षेत्रमा वर्षा र पश्चिमी तराईमा गर्मी हुने
- यस्ता छन् विश्वको सबैभन्दा ठूलो नोबेल पुरस्कारबारे रोचक तथ्य....
- ओरालो लागेको मृग बने मास्टर सेफ सन्तोषः नियत खराब थिएन नियति खराब भइदियो
- ललितपुरमा गोली चल्योः तीन जना लागुऔषध तस्कर पक्राउ



ट्रेन्डिङ
खबरमुकाम





