प्रहरीले सार्वजनिक गर्याे तपस्वी बम्जनलाई

काठमाडौं । काठमाडौंको बुढानीलकण्ठबाट पक्राउ परेका तपस्वी रामबहादुर बम्जनलाई प्रहरीले सार्वजनिक गरेको छ । मंगलबार सीआईबीले उनी बसेको बुढानीलकण्ठस्थित घरमा छापा मारेको थियो । त्यस क्रममा उनी ४ तला माथिबाट हामफालेर भाग्ने प्रयास गरे पनि सफल हुन सकेनन् ।

सीआईबीले बम्जनलाई जिल्ला अदालत सर्लाहीमा उपस्थित गराउने तयारी गरेको छ । बम्जनसंगै उनको घरबाट प्रहरीले बरामद गरेको ३ करोड ३४ लाख रुपैयाँ पनि सार्वजनिक गरेको छ ।

उनको घरबाट ३ करोड ३ लाख ७५ हजार ५ सय नेपाली रुपैयाँ र विभिन्न १७ देशका ३० लाख ९२ हजार ४०६ रुपैयाँ बराबरको विदेशी मुद्रा बरामद भएको छ । यो पैसामाथि अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ ।

सर्लाहीकी एक अनुयायीमाथि बाल यौन दूराचार गरेको आरोप लागेपछि जिल्ला अदालत सर्लाहीले उनीविरुद्ध २०७६ सालमा पक्राउ पुर्जी जारी गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै