मनहरी । मकवानपुरगढी गाउँपालिकाले वडास्तरबाट नै सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको छ । बैंकमार्फत वितरण गर्दै आइरहेको सामाजिक सुरक्षा भत्ता अब विकट क्षेत्रका वडामा भने वडा तहबाटै वितरण सुरु गरिएको हो ।
मकवानपुरगढी गाउँपालिकामा आठ वडा छन् । जसमध्ये वडा नम्बर ८ मा वडास्तरबाट बिहीबार पहिलो चरणको भत्ता वितरण सुरु गरेको हो । यातायात र बैंकसँगको पहुँच नभएका, वृद्धवृद्धा, अशक्त अपाङ्गता भएका नागरिकलाई समस्या भएपछि वडा तहबाटै भत्ता वितरण सुरु गरिएको गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तानले बताए । गाउँपालिकाको केन्द्र मक्रान्चुलीमा नबिल बैंक छ । विभिन्न वडाका नागरिकलाई यहाँ आउन समस्या भएपछि वडाबाटै भत्ता वितरण गरेको अध्यक्ष स्याङ्तानले बताए ।
वडा ८ बूढीचौरमा ६७ जना लाभग्राहीलाई बिहीबार सामाजिक सुरक्षा भत्ता रकम प्रदान गरिएको गाउँपालिकाका पञ्जीकरण शाखा प्रमुख रघुनाथ हुमागाईंले बताए । प्रदेश राजधानी हेटौँडासँग जोडिएको पालिका भए पनि यस गाउँपालिकाका केही वडा विकट र दुर्गममा रहेकाले वडाबाटै भत्ता वितरणको सुरुवात गरिएको हुमागाईंले बताए । अहिले दोस्रो किस्ताअन्तर्गत वडा नम्बर ८ र वडा नम्बर १ लाई विशेष प्राथमिकतामा राखेर वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्न लागिएको उनले सुनाए ।
बूढीचौरमा १६९ जना लाभग्राही छन् । पहिलो दिन ६७ जनालाई भत्ता दिइएको छ । भत्ता वितरण कार्यक्रममा वडा सदस्य गोकुल देवकोटा, बैंक तथा पालिकाका कर्मचारी, इलाका प्रहरी कार्यालय मकवानपुरगढीका सुरक्षाकर्मीलगायतको उपस्थिति थियो ।
बूढीचौरका नागरिक गाउँपालिकाको कार्यालय जान भीमफेदी गाउँपालिकाको बाटो हुँदै हेटौँडा बजारबाट मक्रान्चुली पुग्न बाध्य छन् । हिउँदको समयमा सुकौरा हुँदै आवतजावत गरे तापनि बर्खाको समयमा भने भीमफेदीतर्फको सडक प्रयोग गर्नुपर्ने बाध्यता छ । बूढीचौर पृथ्वीनारायण शाह भीमफेदीको चिसापानीगढीबाट मकवानपुरगढी दरबार आउने जाने पैदलमार्गको रुपमा खुडेधार पैदलमार्ग पर्यटकको गन्तव्यस्थलको रुपमा विकास भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने
- सामसङ नेपालको दशैं–तिहार अफर : दैनिक ३१ र साप्ताहिक ८ जनाले उपहार जित्ने
- सिटिजन्स बैंकको सुदूरपश्चिममा रणनीतिक समीक्षा कार्यक्रम सम्पन्न
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा


ट्रेन्डिङ
खबरमुकाम






