Dark

राष्ट्रियसभा सदस्य निर्वाचनः अब बागमती प्रदेशमा ६ मत मात्र खस्न बाँकी 

हेटौंडा । राष्ट्रियसभा सदस्य निर्वाचनमा बागमती प्रदेशमा अब ६ मत मात्र खस्न बाँकी रहेको छ । निर्वाचनमा अहिलेसम्म ११० प्रदेश सांसदहरुमध्ये १०८ जनाले मतदान गरेका छन् । त्यस्तै स्थानीय तह तर्फ २४७ मध्ये २३३ जनाले मतदान गरेका छन् । 

मकवानपुरको इन्द्रसरोबर गाउँपालिका उपाध्यक्ष उमा लामा, नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ, काभ्रे चौरी देउराली गाउँपालिका उपाध्यक्ष शेरबहादुर तामाङ र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले मतदान गर्न बाँकी नै छ । 

 

उपाध्यक्ष लामा मतदानका लागि आउँदैछिन भने अन्य जनप्रतिनिधिहरु मतदानका लागि नआउने स्रोतले बताएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै