काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रदेशस्तरीय अधिवेशन आजदेखि सुरु हन लागेको छ । धेरै जसो जिल्लाहरुको अधिवेशन सकेको रास्वपाले आजदेखि असार १ गतेसम्म प्रदेशस्तरीय अधिवेशन गर्न लागेको हो ।
देशको संघीय राजधानी रहेको वागमती प्रदेशको अधिवेशन आज पार्टी सभापति रवि लामिछानेले उद्य्घाटन गर्न लागेका छन् । काठमाडौंमा हुन लागेको उद्घाटनमा लामिछाने प्रमुख अतिथिका रुपमा उपस्थित भएर सम्बोधन समेत गर्न लागेका हुन् ।
पार्टी स्थापना भएपछि पहिलो पटक आन्तरिक निर्वाचनमा होमिएको रास्वपाले जेठ २३ र २४ गते जिल्लाहरुको अधिवेशन गरेर नेतृत्व चयन गरेको छ । केही जिल्लाहरुमा शान्त निर्वाचन भए पनि केही जिल्लाहरुमा भने हात हालाहालकै अवस्था आएको थियो । प्रथम महाधिवेशन भने असार ७ गते पार्टी स्थापना दिवसको अवसर पारेर चितवनमा हुने भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






