काठमाडौं । पूर्वसभामुख समेत रहेका नेकपा (एमाले)का नेता कृष्णबहादुर महराका छोरा राहुल महरालाई थुनामै राख्न उच्च अदालत पाटनले आदेश दिएको छ । थुनामुक्त भई मुद्दाको पुर्पक्ष गर्न पाउनुपर्ने माग राख्दै निवेदन दिएका महराको मागलाई अस्वीकार गर्दै उच्च अदालतले थुनामै राखेर पुर्पक्ष गर्न आदेश दिएको हो ।
भन्सार चोरी पैठारी र सङ्गठित अपराधको कसुरमा महरा थुनामा रहेका छन् । बिहीबार उच्च अदालत पाटनका न्यायाधीशद्वय अन्जु उप्रेती ढकाल र दीपेन्द्र अधिकारीको इजलासले काठमाडौँ जिल्ला अदालतकै आदेश सदर गरेको छ ।
६० किलो सुन तस्करीका प्रमुख पात्र रहेका दावा छिरिङ लगायतका व्यक्तिसँग कनेक्सन देखिएको र सुन तस्करीमा संलग्न रहेको भन्दै उनकाविरुद्ध सीआइबीको प्रतिवेदनको आधारमा काठमाडौँ जिल्ला अदालतमा आपराधिक विश्वासघात, भन्सार चोरी पैठारी र सङ्गठित अपराधमा मुद्दा दायर भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- फिफा विश्वकपः इरान र न्युजिल्यान्डबीच रोमाञ्चक बराबरी
- प्रतिनिधिसभाको बैठक आज पनि, मन्त्रालयगत बजेटको छलफललाई निरन्तरता दिइने
- हाजिरी जमानीमा छुटे सेफ सन्तोष साह
- आजको मौसमः केही प्रदेशमा वर्षा, तराईका क्षेत्रमा गर्मी बढ्ने
- संसद्को दुवै सदनको बैठक आज, बजेटमाथि मन्त्रालयगत छलफल सुरु हुने
- आज सातै प्रदेशको बजेट सार्वजनिक हुँदै, खर्च क्षमता सुधार्ने चुनौती कायमै
- अन्तिम मिनेटको गोलमा आइभरीकोस्टको शानदार जित
- अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने सहमति



ट्रेन्डिङ
खबरमुकाम





