काठमाडौं । आगामी नयाँ वर्षदेखि ठमेल र दरबारमार्गलाई २४सै घण्टा खुल्ला राख्ने तयारी अघि बढाइएको छ ।
पर्यटकीय क्षेत्र दरबारमार्ग र ठमेललाई चौबिसै घण्टा खुला राख्ने तयारीका लागि शुक्रबार गृहमन्त्रालयमा पूर्ण समय व्यवसाय सञ्चालन सम्बन्धी सरोकारवालाहरूसँग ‘समन्वय तथा अन्तक्रिया कार्यक्रम’ गरिएको थियो ।
कार्यक्रममा आगामी १ वैशाखदेखि ठमेल र दरबारमार्गलाई चौबिसै घण्टा खुला गर्न लागिएको जानकारी काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जानकारी दिए ।
चौबिसै घण्टा व्यवसाय सञ्चालनका लागि कार्यविधि समेत बनाएर बस्नेतले प्रस्तुति दिएका थिए । जसमा मदिरा सेवन गरेका सेवाग्राहीहरुले आग्रह गरेमा व्यवसायीहरूले घरसम्म पुर्याइदिनुपर्ने सम्मको विषयहरु उल्लेख गरिएको छ ।
मदिरा सेवनबाट अचेत भएकालाई व्यवसायीहरूले घरसम्म पुर्याइदिनुपर्ने, ध्वनि प्रदूषणरहित तरिकाले डान्स, डिस्को, दोहारी, क्लबहरू सञ्चालन गर्नुपर्नेसम्म कार्यविधिमा उल्लेख गरिएको छ ।
डान्सबारहरूमा अश्लिल नृत्य प्रदर्शन गर्न नहुने, मौलिकता झल्कने प्रदर्शन हुनुर्ने विषय पनि उल्लेख छ । १८ वर्षभन्दा मुनिकालाई क्लबहरूमा पस्न निषेधका साथै मजदुरको रुपमा समेत काम लगाउन नपाइने उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- पाँच दिनका लागि स्थगित भयो प्रतिनिधिसभा बैठक
- सरकार र चिकित्सकबीचको वार्ता मिल्यो, यस्तो छ सहमति
- ईपीएस आवेदनकर्ताको चाप बढेपछि राहदानी विभागले दुई सिफ्टमा सेवा दिने
- पर्साका प्रहरी प्रमुख एसपी पाठक प्रहरी प्रधान कार्यालय तानिए, भट्टराईलाई जिम्मेवारी
- यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयः नौ विधेयक संसदमा पेस गर्ने
- राष्ट्रपति पौडेलसँग रास्वपा सभापति लामिछानेको भेटवार्ता
- मःमःमा कपाल भेटिएपछि कारबाही, २० हजार तिराइयो
- गोपालमान श्रेष्ठको निधनमा कांग्रेसले तीन दिन शोक मनाउने

ट्रेन्डिङ
खबरमुकाम







