Dark

चेम्बर सल्लाहकार परिषदको अध्यक्षमा राजेशकाजी श्रेष्ठ चयन

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषदको अध्यक्षमा राजेशकाजी श्रेष्ठ चयन भएका छन् ।

चेम्बरका पूर्वअध्यक्ष समेत रहेका श्रेष्ठ सल्लाहकार परिषदको अध्यक्षमा चयन भएका हुन् ।
 

परिषदले चेम्बरको संस्थागत विकास एवं व्यवसायीको क्षमता अभिवृद्धिका लागि सुझाव दिनेछ ।

परिषदमा महेशकुमार अग्रवाल, सुरेन्द्रवीर मालाकार  सुरेशकुमार बस्नेत लगायत चेम्बर अभियानका अग्रजहरु छन् । 

परिषदले सरकार र निजी क्षेत्रबीचको समन्वय, अन्तराष्ट्रिय सम्वन्ध विस्तार, उद्यमी एवं व्यवसायिक हकहित एवं निजी क्षेत्रको भूमिकालाई थप सशक्त पार्न समन्वय गर्ने चेम्बरद्धारा जारी विज्ञप्तिमा जनाइएको छ । पूर्वअध्यक्ष श्रेष्ठ चेम्बर अभियानमा ३ दशक देखि सक्रिय छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै