काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाले गत आवमा ५३१ प्रतिशत नाफा आर्जन गरेको छ । लघुवित्तले आज (आइतबार) सार्वजनिक गरेको गत आव ०८०र०८१ को चौंथो त्रैमासिक वित्तीय विवरणमा यस्तो देखिएको हो ।
लघुवित्तले गत आव ९ करोड ४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ भने अघिल्लो आर्थिक वर्ष ०७९र०८० मा १ करोड ४३ लाख नाफा कमाएको थियो ।लघुवित्तको खुद ब्याज आम्दानी २२ करोड ८४ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्ष सोहि अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २६ करोड ४० लाख रुपैयाँ रहेको थियो ।
२१ करोड ७५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको जगेडा कोष भने २० करोड १० लाख रुपैयाँ रहेको छ । लघुवित्तको प्रतिसेयर आम्दनी ४१.५९ रुपैया छ भने नेर्टवर्थ २२३.७० रुपैयाँ रहेको छ ।लघुवितको निक्षेप संकलन कर्जा १ अर्ब ५७ करोड पुगेर ४ अर्ब ९५ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
लघुवित्तको संचालन नाफा सञ्चालन नाफा १२ करोड ९२ लाख रुपैयाँ पुगेको छ भने कस्ट अफ फण्ड ९.४१ प्रतिशत रहेको छ । लघुवित्तको खराब कर्जा भने ३.०२ प्रतिशत छ । महिला लघुवित्तको सिडी रेसिओ १०९.१३ प्रतिशत पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- यस्ता छन् विश्वको सबैभन्दा ठूलो नोबेल पुरस्कारबारे रोचक तथ्य....
- ओरालो लागेको मृग बने मास्टर सेफ सन्तोषः नियत खराब थिएन नियति खराब भइदियो
- ललितपुरमा गोली चल्योः तीन जना लागुऔषध तस्कर पक्राउ
- राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः गगन थापा
- रास्वपा लुम्बिनीको सभापतिमा शालिकराम घिमिरे निर्वाचित
- रास्वपाको उदय अस्थिर राजनीति र भूराजनीतिक चलखेलको परिणाम हो : एमाले
- अमेरिका–इरान युद्ध अन्त्यतर्फ, सम्झौतामा हस्ताक्षरको तयारी
- विश्वकपमा स्कटल्यान्डको विजयी सुरुआत, समूह ‘सी’को शीर्ष स्थानमा उक्लियो



ट्रेन्डिङ
खबरमुकाम






