काठमाडौं - । साना किसान विकास लघुवित्तको खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा बढेको छ । अघिल्लो आर्थिक वर्ष लघुवित्तले ७७ करोड ३५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । गत आर्थिक वर्षमा लघुवित्तले ९४ करोड ९६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा २२.७७ प्रतिशत बढी हो ।
लघुवित्तको वितरणयोग्य मुनाफा १ अर्ब ७२ करोड रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी ४५ रुपैयाँ ४४ पैसा रहेको छ । नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि बढेको छ । लघुवित्तको यस्तो आम्दानी १ रुपैयाँ ७३ पैसा बढेर २४ रुपयाँ ९५ पैसा पुगेको छ। लघुवित्तको प्रतिशेयर नेटवर्थ २८४ रुपैयाँ ८१ पैसा र मूल्य आम्दानी अनुपात ३४.२२ गुणा रहेको छ ।
३ अर्ब ८० करोड ६३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ५ अर्ब ६६ करोड ४० लाख रुपैयाँ सञ्चित छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले २२ अर्ब ९८ करोड रुपैयाँ निक्षेप तथा सापटीबाट ३८ अर्ब १२ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।
लघुवित्तको खुद ब्याज आम्दानी ३१.४४ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी ३१.८६ प्रतिशत बढेको छ । लघुवित्तको निष्कृय कर्जा ०.६१ प्रतिशतबाट बढेर २.१८ प्रतिशत पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- यस्ता छन् विश्वको सबैभन्दा ठूलो नोबेल पुरस्कारबारे रोचक तथ्य....
- ओरालो लागेको मृग बने मास्टर सेफ सन्तोषः नियत खराब थिएन नियति खराब भइदियो
- ललितपुरमा गोली चल्योः तीन जना लागुऔषध तस्कर पक्राउ
- राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः गगन थापा
- रास्वपा लुम्बिनीको सभापतिमा शालिकराम घिमिरे निर्वाचित
- रास्वपाको उदय अस्थिर राजनीति र भूराजनीतिक चलखेलको परिणाम हो : एमाले
- अमेरिका–इरान युद्ध अन्त्यतर्फ, सम्झौतामा हस्ताक्षरको तयारी
- विश्वकपमा स्कटल्यान्डको विजयी सुरुआत, समूह ‘सी’को शीर्ष स्थानमा उक्लियो



ट्रेन्डिङ
खबरमुकाम






