काठमाडौं - म्याग्दीको मालिका गाउँपालिका–३ अधिबारामा पाँच महिनादेखि बन्द अवस्थामा रहेको मालिका कागज उद्योग पुनः सञ्चालनमा आएको छ । कच्चापदार्थ र कामदारको अभाव, बिद्युत आपूर्तिमा अनियमितताले बन्द रहेको सो उद्योग पुनः सञ्चालनमा आएको हो । गत शनिबारदेखि उक्त उद्योगले पुनः व्यावसायिक उत्पादन सुरू गरेको छ । उद्योगका सञ्चालक मोतीराज गौतमका अनुसार स्थानीय हाते प्रविधिबाट उत्पादन गरिने कागज उद्योगमा उच्च गुणस्तरको कागज उत्पादनको माग बढेसँगै पुनः नेपाली कागज उत्पादन सुरू गरेको बताए । यहाँ उत्पादित कागजलाई बजारको समस्या छैन, कच्चापदार्थ र कामदारको समस्याले नियमित सञ्चालनमा समस्या छ, सञ्चालक गौतमको भनाई छ ।
कागजको बजारमा अत्यधिक माग हुँदा पनि मागअनुसारको उत्पादन गर्न नसकिरहेको बताउँदै अब नियमित उत्पादन र मागअनुसार पूर्ति गर्ने योजना रहेको सञ्चालक गौतमले जानकारी दिए । उद्योगमा विभिन्न आकारका कागजको माग हुने गरेकामा सरकारी तथा गैरसकारी कार्यालय कागज, तमसुक कागज, १८–२० ग्रामको कागज, धूप निर्माण गर्नेछ–सात ग्रामको कागज, चिना निर्माणका लागि ४० ग्रामको कागजसहित विभिन्न प्रयोजनका लागि बिक्री हुने गरेको छ । उद्योगमा चुनौती धेरै रहेको अवस्थामा कच्चापदार्थ लोक्ता अभाव, बिद्युत अनियमितता, उपकरण फ्रेम मर्मतसम्भार, बिद्युतबाट लोक्ता (कागज बनाउन प्रयोग गरिने कच्चापदार्थ) पकाउँदा हिटरको रड बढी जल्नेजस्ता समस्याले उद्योगको क्षमताअनुसार कागज उत्पादन गर्न नसकिएको उद्योगका सञ्चालक गौतमको भनाइ छ ।
स्थानीय तह र सम्बन्धित निकायबाट सहयोग हुने, उद्योगमैत्री वातावरण मिल्ने र डिभिजन वन कार्यालयले कागज बनाउन प्रयोग गरिने कच्चापदार्थ लोक्ताको सङ्कलन गर्न सरल नीति बनाएमा म्याग्दीका अन्य स्थानमा पनि कागज उद्योग सञ्चालन गर्न सकिने जनाइएको छ । म्याग्दीको माथिल्लो पहाडी भेगमा पर्ने लेकाली सरकारी तथा सामुदायिक वनमा प्रशस्त बिरुवा (लोक्ता) का बोट छन् । लोक्ता (पुवा) पाइने स्थानमा पनि निकाल्ने कामदारको अभावले वनजंगलमै खेर गएको छ । २०७५ सालमा स्थापना भएको उद्योगले बेनी, बागलुङ, पोखरा, काठमाडौं, चितवनलगायत सहरमा बिक्री गर्ने गरिन्छ । अन्नपूर्ण गाउँपालिकाको नागी, धवलागिरिको लमसुङ, रघुगङ्गाको पाखापानीमा रहेका नेपाली कागज उद्योग अहिले बन्द अवस्थामा छन् ।
स्रोत: केटिएम भोइस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- यस्ता छन् विश्वको सबैभन्दा ठूलो नोबेल पुरस्कारबारे रोचक तथ्य....
- ओरालो लागेको मृग बने मास्टर सेफ सन्तोषः नियत खराब थिएन नियति खराब भइदियो
- ललितपुरमा गोली चल्योः तीन जना लागुऔषध तस्कर पक्राउ
- राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः गगन थापा
- रास्वपा लुम्बिनीको सभापतिमा शालिकराम घिमिरे निर्वाचित
- रास्वपाको उदय अस्थिर राजनीति र भूराजनीतिक चलखेलको परिणाम हो : एमाले
- अमेरिका–इरान युद्ध अन्त्यतर्फ, सम्झौतामा हस्ताक्षरको तयारी
- विश्वकपमा स्कटल्यान्डको विजयी सुरुआत, समूह ‘सी’को शीर्ष स्थानमा उक्लियो



ट्रेन्डिङ
खबरमुकाम






