चितवनस्थित कलेज अफ मेडिकल साइन्स र प्रभु बैँक लिमिटेड बीच विशेष छुटसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । हिजो प्रभु बैँकका तर्फबाट चितवन प्रदेश प्रमुख सांग्रीला श्रेष्ठ तथा कलेज अफ मेडिकल साइन्सका तर्फबाट डा.मनोहर प्रधानले समझौतापत्रमा हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार कलेज अफ मेडिकल साइन्ससँग प्रभु बैँकका ग्राहक तथा कर्मचारीहरुले सेवा तथा सुबिधा लिएबापत बिशेष छुट पाउने भएका छन् ।
सिओएमएसमा उपचार गर्दा औषधि, सिटी स्क्यान र एमआरआई बाहेक सम्पूर्ण सेवाका साथै एक्सरे र यूएसजिमा समेत २० प्रतिशतसम्मको छुट पाउने छन् ।
प्रभु बैँक लिमिटेड का ग्राहक तथा कर्मचारीहरुले कलेज अफ मेडिकल साइन्सको सुबिधा तथा सेवा प्राप्त गर्नको निमित्त बैँकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा बैँकका अन्य कुनै विद्युतिय प्रणाली द्धारा विल भुक्तानी गर्नुपर्ने छ ।
तर यो सुविधा प्राप्त गर्नको लागि प्रभु बैँक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई परिचयपत्र तथा परिवारको सदस्यको लागि नाता खूल्ने कागजात अनिवार्य पेश गर्नुपर्ने छ ।
ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै “बैंक अफ द इयर २०२३” को उपाधी बाट सम्मानित प्रभु बैंक लि.को नेपालभर ३१५ शाखा कार्यलयहरु, २८६ एटीयम साथै ६९ भन्दा बढि एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाख भन्दा वढि ग्राहकहरुलाई “बिश्वास लिन्छौं बिश्वास दिन्छौं” मुल नाराका साथमा बैंकिङ्ग एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधी मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन
- हुथी विद्रोहीको सैन्य अभियान तीव्र, बाब अल–मन्देब क्षेत्रमा बढ्यो तनाव
- त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, घटनाको छानबिन गर्न समिति गठन
- प्रतिनिधिसभा बैठक आज, चार संसदीय समितिमा पनि छलफल
- पहिलो विदेश यात्रामा प्रधानमन्त्री शाह, संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने


ट्रेन्डिङ
खबरमुकाम







