काठमाडौँ । खानेपानी मन्त्री प्रदीप यादवले काठमाडौँ उपत्यकावासीका लागि समयमै मेलम्चीको पानी ल्याउन सफल हुनु भएको भन्दै सम्मान गरिएको छ । मन्त्री यादवले खानेपानी मन्त्रालय सम्हाले पश्चात हालसम्म उनले सम्पादन गरेको कार्य प्रशंसनीय भएको भन्दै काठमाडौँ उपत्यका मेलम्ची खानेपानी संघर्ष समितिले कोटेश्वरमा स्वागतम् तथा धन्यवाद ज्ञापन कार्यक्रम - २०८१ को आयोजना गरी सम्मान गरिएको हो ।
सोही कार्यक्रमलाई सम्बाधेन गर्दै मन्त्री यादवले काठमाडौँ उपत्यकावासीका लागि बाह्रै महिना शुद्ध र स्वच्छ पानी उपलब्ध गराउन आफु पूर्ण प्रतिबद्ध रहेका बताए । मन्त्री यादवले काठमाडौँ उपत्यकामा खानेपानीको समस्यालाई अल्पकालीन र दीर्घकालीन रूपमा समाधान गर्न सरकारले ठोस कदम चालिरहेको बताए। उनले भने, “मानिसलाई पानी नभई नहुने चिज हो, पानी बिना बाच्न सकिदैन, काठमाडौँ उपत्यकाको खानेपानी समस्या समाधानका लागि ठोस कमद चाल्छौँ ।”
काठमाडौँ उपत्यकामा हेलम्बुवासी, नागरिक समाज एवं जनप्रतिनिधीहरुको साथ र सहयोगका कारण यसवर्ष समयमै मेलम्चीको पानी ल्याउन सफल भएको बताउनु हुँदै उहाँले सम्पूर्ण मेलम्चीवासीलाई धन्यवाद समेत व्यक्त गरे। उपत्यकावासीहरुको साथ र सहयोगमा पानीको समस्या समाधान गर्न सकिने समेत मन्त्री यादवले बताए।
इतिहासमै पहिलो पटक वर्षायामपछि समयमै मेलम्चीको पानी काठमाडौँ उपत्यकामा ल्याउन आफ्नो प्रयास सफल भएको बताउदै मन्त्री यादवले काठमाडौँ उपत्यका मेलम्ची खानेपानी संघर्ष समितिले आज गरेको सम्मानले आफुलाई गर्व र थप काम गर्न प्रेरणा प्रदान गरेको बताए ।
उनले भने, “मलाई गरिएको यो सम्मानले नागरिकका अपेक्षाहरू पूरा गर्न थप ऊर्जा दिएको छ । निरन्तर गुणस्तरीय सेवा गर्दै मेलम्ची परियोजनालाई प्रभावकारी बनाउने मेरो यात्रा जारी रहनेछ । सहयोग र सुझावका लागि सबैलाई धन्यवाद छ ।”
दक्षिणकालीका नागरिक, मेलम्चीवासीहरुसँग हात जोडेर आफुले काठमाडौँ उपत्यकामा पानी ल्याउन सफल भएको बताउदै मन्त्री यादवले सरकारले नागरिकका गुनासा र मागलाई सम्बोधन गर्नु पर्ने बताए । उनले भने, “जलस्रोतको धनी देश नेपालमा पानीका लागि संघर्ष समिति बनाउनु पर्ने अवस्था आउनु दुस्खद पूर्ण कुरा हो । नागरिकलाई के आवश्यक छ, उनीहरुका माग के हुन सरकारले पुरा गर्नु उसको दायित्व हो ।”
यसैगरी मन्त्री यादवले खानेपानी मन्त्रालय नागरिकका समस्या र गुनासाहरु सम्बोधन गर्नका लागि सधै अग्रसर रहेको बताए । कोटेश्वर क्षेत्रमा ओभरहेड ट्याङ्की निर्माणका लागि त्यहाँका स्थानीयवासी एवं संघर्ष समितिले राखेका मागका विषयमा मन्त्री यादवले ओभरहेड ट्याङ्की निर्माणका लागि आफुले बजेट बिनियोजन गराउने प्रतिबद्धता जनाए।
सोही कार्यक्रममा बोल्दै बागमती प्रदेश सभा सदस्य सुनिल केसीले यसवर्ष समयमै मेलम्ची लगायतका क्षेत्रबाट पानी ल्याएर नागरिकलाई सुबिधा दिएको भन्दै मन्त्री यादवको खुलेरै प्रसंसा गरेका थिए । मन्त्री यादवले खानेपानी मन्त्रालय सम्हाले पश्चात हालसम्म उनले सम्पादन गरेको कार्य प्रशंसनीय भएको भन्दै आज आइतबार काठमाडौँ उपत्यका मेलम्ची खानेपानी संघर्ष समितिले कोटेश्वरमा आयोजना गरेको स्वागतम् तथा धन्यवाद ज्ञापन कार्यक्रम २०८१ मा सम्मान पत्र सहित मन्त्री यादवलाई सम्मान गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- यस्ता छन् विश्वको सबैभन्दा ठूलो नोबेल पुरस्कारबारे रोचक तथ्य....
- ओरालो लागेको मृग बने मास्टर सेफ सन्तोषः नियत खराब थिएन नियति खराब भइदियो
- ललितपुरमा गोली चल्योः तीन जना लागुऔषध तस्कर पक्राउ
- राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः गगन थापा
- रास्वपा लुम्बिनीको सभापतिमा शालिकराम घिमिरे निर्वाचित
- रास्वपाको उदय अस्थिर राजनीति र भूराजनीतिक चलखेलको परिणाम हो : एमाले
- अमेरिका–इरान युद्ध अन्त्यतर्फ, सम्झौतामा हस्ताक्षरको तयारी
- विश्वकपमा स्कटल्यान्डको विजयी सुरुआत, समूह ‘सी’को शीर्ष स्थानमा उक्लियो



ट्रेन्डिङ
खबरमुकाम






