काठमाडौँ । पूर्वको पशुपतिनाथको नामले परिचित अर्जुनधारा जलेश्वर धाममा बालाचतुर्दशी मेलाको अवसरमा ४२ औं वार्षिक अनुष्ठानको आयोजना गरी पाँच लाख बढी धार्मिक पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ ।
धाम व्यवस्थापन समितिका कोषाध्यक्ष मनोज जोशीले आगामी मङ्सिर ८ देखि १५ गतेसम्म महायज्ञ हुने जानकारी दिए । विश्वशान्ति तथा पितृ उद्धारका लागि आयोजित महायज्ञमा आन्तरिक तथा बाह्य गरी सो पर्यटक भित्र्याउने लक्ष्य राखेको हो । वि. सं. २०३९ देखि यस धाममा वार्षिक अनुष्ठान हुँदै आएको छ ।
उनले धाममा १०८ आचार्य ब्राम्हणद्वारा श्रीमद्भावगतसहित हवनात्मक महायज्ञ गरिने जानकारी दिए । बाला चतुर्दशीमा समापन हुने गरी आयोजना गरिने महायज्ञको पूर्वतयारीका लागि विभिन्न १९ उपसमिति गठन गरिएको छ । समितिले आफ्नो जिम्मेवारीअनुसार धमाधम काम गरिरहेका छन् ।
हाल मूल मन्दिरको पूर्व–दक्षिणतर्फ १०८ व्यास (कुटी) यज्ञ, मण्डप आदि निर्माणकार्य तीव्र रुपमा भइरहेको छ । अर्जुनधारा–८ स्थित ऐतिहासिक शनिश्चरे बजार चोकमा बिजुली बत्तीको ५० फिट अग्लो गेट निर्माणको तयारी गरिएको छ।
अर्जुनधारा जलेश्वरधामका व्यासाचार्य कुवेर सुवेदीको व्यासत्वमा हुने महायज्ञमा मूल अर्चक अग्निप्रसाद सिग्देल सहआचार्य रहने उनले बताए । धाममा रु ५० लाखको अक्षयकोष रहेको र सो कोषलाई रु दुई करोड पुर्याउने लक्ष्य लिइएको उनले बताए।
अष्टोत्तरशत श्रीमद्भागवत पाठपारायणसँगै सोही सङ्ख्यामा यजमानसमेत राख्ने लक्ष्य लिइएको यज्ञका लागि रु ५१ हजार सहयोगसहित आफ्ना पितृको नाम सङ्कल्पसहित यजमान बन्न पाइने कोषाध्यक्ष जोशीले जानकारी दिए ।
महायज्ञ अवधिभरमा सहयोग रसिद, भागवत भेटी, गङ्गा आरती, बजार स्टल, यजमान, अक्षयकोष र अन्यसहित रु दुई करोड १६ लाख आम्दानी हुने अनुमान गरिएको छ । यज्ञ सम्पादनका प्रचार–प्रसार, साजसज्जासहित विभिन्न शीर्षकमा रु ९५ लाख ५० हजार खर्च हुने अनुमान गरिएको छ ।
मङ्सिर ८ गते विभिन्न जातजातिको झाँकी सहित नगर परिक्रमा गरी महायज्ञको उद्घाटन गरिने भएको छ । दैनिक बिहान ११ बजेदेखि अपराह्न ३ बजेसम्म सङ्गीतमय कथा प्रवचन, बिहान ७ बजेदेखि श्रीमद्भागवत कथा पाठपारायण, दैनिक साँझ ७ः३० देखि ९ बजेसम्म भजनकीर्तन सहित रात्रि जागरण, मङ्सिर १५ गते बिहान शतबीजरोपण कार्यक्रम तय गरिएको कोषाध्यक्ष जोशीले बताए ।
सरकारले नेपालका १०० पर्यटकीय गन्तव्यमा सूचीकृत गरेको यो धाममा पशुपतिनाथकै जस्तो पेगोडा शैलीमा शिव मन्दिर, चार वटा ढोका र तामाको छानो निर्माण गरिएको छ । मन्दिरको तस्बिरलाई नेपाल सरकारले हुलाक टिकटमा समेत अङ्कित गरिसकेको छ ।
महाभारतकालीन किंबदन्तीअनुसार पाँच पाण्डवले गुप्तबास बसेका बेला अर्जुनले तिर्खाएका विराट राजाका गाईहरुको प्यास मेटाउन धनुषवाण हानेर धरतीभित्रबाट जलधारा निकालेको पवित्र स्थानको रुपमा यस धामलाई मानिएको छ ।
विराट राजाका गाईहरु हरण गरेर लगेपछि अर्जुनले युद्धबलद्वारा ती गाईहरु फर्काएर ल्याएको भनाइ छ । अहिले धाम परिसरमा रहेको ठूलो पोखरीको माझमा अर्जुनले धनुषवाण हानिरहेको मूर्ति स्थापना गरिएको छ भने पानीको धारा अनवरत बगिरहेको छ । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- सुस्तामा भारतीय सुरक्षाकर्मी छिरेको विषयमा सरकारले आवश्यक कदम चाल्ने
- हिरा रनपालले ल्याए ‘गुदरी काम्लो’ (भिडियो सहित)
- मोतिबिन्दु शल्यक्रियाका लागि आईएमई लाइफ इन्स्योरेन्सद्वारा आर्थिक सहयोग
- शिक्षा कि श्रम ? आज विश्व बालश्रमविरुद्ध दिवस मनाइँदै
- प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक
- नक्कली भुटानी शरणार्थी प्रकरणमा ओली, आरजु, शाक्य र राई तानिने
- काठमाडौं उपत्यकामा आज पनि वर्षा हुने
- विश्वकप २०२६ का खेलको अवैध प्रसारण रोक्न ३५ वेबसाइट र एपमाथि प्रतिबन्ध



ट्रेन्डिङ
खबरमुकाम





