काठमाडौं । अफगानिस्तानको तालिबान सरकारले पाकिस्तानले डुरेन्ड रेखा नजिकका विभिन्न क्षेत्रमा हवाई आक्रमण गरेको आरोप लगाएको छ । तालिबान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदका अनुसार मंगलबार राति र बुधबार बिहान पाकिस्तानी सेनाले कुनार, खोस्त र पक्तिका प्रान्तका केही बस्तीलाई लक्षित गरी बमबारी गरेको हो ।
उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको जानकारीमा आक्रमणबाट सर्वसाधारण प्रभावित भएको उल्लेख गरिएको छ । अफगान पक्षका अनुसार घटनामा ११ बालबालिका, एक महिला र एक वृद्धको ज्यान गएको छ भने १४ जना घाइते भएका छन् । घाइतेमध्ये अधिकांश महिला र बालबालिका रहेको बताइएको छ ।
तालिबान सरकारले उक्त घटनाको निन्दा गर्दै यसलाई अन्तर्राष्ट्रिय मानवीय मूल्य र सिद्धान्तविपरीतको कार्य भएको जनाएको छ । घटनाबारे पाकिस्तान सरकारले भने समाचार तयार पार्दासम्म कुनै आधिकारिक प्रतिक्रिया सार्वजनिक गरेको छैन ।
पछिल्लो समय सीमा सुरक्षा, उग्रवादी गतिविधि तथा सीमापार सुरक्षाका विषयलाई लिएर अफगानिस्तान र पाकिस्तानबीचको सम्बन्धमा तनाव बढ्दै गएको देखिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






