विश्वकप २०२६ का खेलको अवैध प्रसारण रोक्न ३५ वेबसाइट र एपमाथि प्रतिबन्ध

काठमाडौं । फिफा विश्वकप २०२६ का खेलहरू नेपालभित्र अनधिकृत रूपमा प्रसारण हुन नदिन नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट तथा मोबाइल सेवा प्रदायकहरूलाई आवश्यक कदम चाल्न निर्देशन दिएको छ । प्राधिकरणले बिहीबार जारी गरेको पत्रमार्फत ३५ वटा वेबसाइट तथा मोबाइल एपको पहुँच नियन्त्रण गर्न सेवा प्रदायकहरूलाई आग्रह गरेको हो । 

ती प्लेटफर्महरूबाट विश्वकपका खेलहरू अधिकारबिनै प्रसारण हुन सक्ने जानकारी प्राप्त भएपछि यस्तो निर्णय गरिएको जनाइएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट प्राप्त जानकारीअनुसार नेपालमा विश्वकप २०२६ प्रसारणको आधिकारिक अधिकार हिमालय टेलिभिजन नेटवर्कको हिमालय स्पोर्ट्स र डिसहोम डिजिटलसँग आबद्ध डिजिओ ब्रोडकास्टिङ कन्सोर्टियमले प्राप्त गरेको छ ।

यसैबीच केही अनलाइन प्लेटफर्महरूले प्रतियोगिताका खेलहरू निःशुल्क रूपमा उपलब्ध गराउने तयारी गरिरहेको सूचनापछि नियामक निकाय सक्रिय बनेको हो । प्राधिकरणले त्यस्ता माध्यमबाट हुने सम्भावित अवैध स्ट्रिमिङ रोक्न प्राविधिक उपाय अपनाउन सेवा प्रदायकहरूलाई निर्देशन दिएको छ ।

यसअघि अन्तर्राष्ट्रिय खेल प्रतियोगिताका बेला अनधिकृत स्ट्रिमिङका कारण इन्टरनेट ट्राफिक अस्वाभाविक रूपमा बढ्ने गरेको अनुभव सेवा प्रदायकहरूको छ । यसले ब्यान्डविथ व्यवस्थापनमा चुनौती थप्नुका साथै अतिरिक्त खर्चसमेत बढाउने गरेको बताइन्छ ।

आधिकारिक प्रसारण अधिकार प्राप्त संस्थाहरूले समेत अवैध प्रसारण नियन्त्रणका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै आएका थिए । त्यसपछि मन्त्रालय र सरोकारवाला निकायबीच छलफल भई आवश्यक प्रक्रिया अघि बढाइएको जनाइएको छ ।

प्राधिकरणको निर्देशनसँगै केही वेबसाइट तथा एपमा पहुँच सीमित गर्ने कार्य सुरु भइसकेको बताइएको छ ।

यी वेबसाइट र एपमा लाग्यो प्रतिबन्ध :

१. tv.getemoji.online 
२. kick.com 
३. freeplyrr 
४. bhandari-suraj.com 
५. sportzfy 
६ sportzfypkdownload
७. sportzfytvapp 
८. sportzfytvbd. 
९. sportzfy.link
१०. sportzfyapp.cc 
११. cricfytv.to 
१२. cricfytvap 
१३. cricfytv.org 
१४. cricfytv.net 
१५. cricfytv.com 
१६. cricfytv.pro 
१७ cricty.net 
१८ newsecrettips 
१९. novasoccer.net 
२०. nepsportshub 
२१. crichd.com 
२२. smarteric.com 
२३. webcric.eu 
२४ soccertvhd.com 
२५. https://www.yosin-tv.net/ 
२६. streamseast.top 
२७. genzaitv.com 
२८. fbstream.me 
२९ streamed.su 
३०. Streameast 
३१. ronaldo7.net 
३२. Istreameast.app 
३३. damity pro 
३४ soccertvhd.com 
३५. sportzworkzlive

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै