काठमाडौँ । पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा आज भारतीय सुरक्षाकर्मी छिरेपछिको विषयमा सरकारले आवश्यक कदम चाल्ने बताएको छ ।
शुक्रबार मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्नेक्रममा सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले यस्तो बताएका हुन् ।
‘सुस्तामा बस्नु भएको नागरिकले भूमिलाई रक्षा गरेर बस्नु भएको छ । उहाँहरूलाई नमन गर्नुपर्छ,’ उनले भने, ‘यससम्बन्धी परराष्ट्र मन्त्रालयले आवश्यक कदम चाल्ने छ ।’
आज सुस्तामा भारतीय सुरक्षाकर्मी छिरेपछि विवाद भएको थियो ।सीमाना पार गरेर नेपाली भूमिमा प्रवेश गरेपछि स्थानीयहरूले त्यसको प्रतिकार गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





