काठमाडौं । काठमाडौं उपत्यकामा गएरातिदेखि मौसम बदलीसँगै वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाले नियमित मौसम बुलेटिन मार्फत आजको पूर्वानु विवरण सार्वजनिक गरेको हो ।
शुक्रबार बिहानसम्म उपत्यकाका विभिन्न क्षेत्रमा हल्का वर्षा जारी रहेको पनि महाशाखाले जनाएको छ । मौसमविद्हरुले पनि आज दिनभर मौसम पूर्ण रूपमा नखुल्ने र पुनः बदली भई थप वर्षा हुने सम्भावना रहेको बताएका छन् । जस अनुसार आज दिउँसोपछि उपत्यकाका केही स्थानमा मध्यम वर्षासमेत हुन सक्छ ।
महाशाखाले पछिल्लो तीन घण्टामा काठमाडौं उपत्यकाका अधिकांश क्षेत्रमा हल्का वर्षा भएको बताएको छ । मौसमको अवस्था अझै सक्रिय रहेकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





