काठमाडौं । काठमाडौं उपत्यकामा गएरातिदेखि मौसम बदलीसँगै वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाले नियमित मौसम बुलेटिन मार्फत आजको पूर्वानु विवरण सार्वजनिक गरेको हो ।
शुक्रबार बिहानसम्म उपत्यकाका विभिन्न क्षेत्रमा हल्का वर्षा जारी रहेको पनि महाशाखाले जनाएको छ । मौसमविद्हरुले पनि आज दिनभर मौसम पूर्ण रूपमा नखुल्ने र पुनः बदली भई थप वर्षा हुने सम्भावना रहेको बताएका छन् । जस अनुसार आज दिउँसोपछि उपत्यकाका केही स्थानमा मध्यम वर्षासमेत हुन सक्छ ।
महाशाखाले पछिल्लो तीन घण्टामा काठमाडौं उपत्यकाका अधिकांश क्षेत्रमा हल्का वर्षा भएको बताएको छ । मौसमको अवस्था अझै सक्रिय रहेकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






