काठमाडौँ । मुक्तिनाथ विकास बैंक लिमिटेडले डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न आफ्नो मोवाईल बैँकिङ्ग सेवाको बृद्दि गरि थप सेवा सहितको (Muktinath FAIDA App (Financial Access in Digital Application) संचालनमा ल्याएको छ । मुक्तिनाथ फाइदा एप संचालन पछि ग्राहकहरुले मोवाईल एक फाइदा अनेक लिन सक्ने व्यवस्था गरेको छ ।
यो एप डिजिटल बैंकिङ्गको सर्वव्यापी दृष्टिकोणमा आधारित भएकोले सबै ग्राहकले सरल र सुरक्षित तरिकाले घरमा नै बसी बैंकिङ्ग सेवा उपयोग गर्न सकिने भएको छ । ग्राहकले गर्ने सुरक्षित कारोवारको लागि सुरक्षा प्रश्नहरु राख्न सक्ने साथै ग्राहकले प्रयोग गर्ने डिभाईस ग्राहक स्वयमको हो होईन पहिचान गर्ने जसबाट अनधिकृत व्यक्तिको पहुँच नहुने भएको छ ।
ग्राहकहरुले मोवाईल फोन तथा वेबबाट एउटै पासवर्ड प्रयोग गरी आफ्नो खाताबाट सुरक्षित कारोवार गर्न सक्नुहुनेछ । यसका साथै अन्य थप गरिएको सुविधाहरुमा विभिन्न बिल भुक्तानी, नगद जम्मा भौचर, एटिएम कार्ड नविकरण, इ–कर्मस कार्ड सकृय, भाषा छनौट, बिदेशी मुद्रा विनियमदर, व्याजदर, कारोवारको सिमाको जानकारी , बैंकले दिने वस्तु तथा सेवाहरुको जानकारी, भेटघाटको लागि अनुरोध, कारोवार सफल नभएमा कारोवारको दाबी गर्न, बैंकले दिने बिभिन्न सुचनाहरुको जानकारी लिन, गुनासो तथा सुझाब दिन, चेक बुक अनुरोध गर्न, विभिन्न भुक्तानीको तालिका राख्न, आम्दानी तथा खर्चको ग्राफ साथै अन्य सुविधाहरु रहेको छ ।
साथै, बैंकले विकास बैंकले प्रर्वद्धन गरेको नेपालको पहिलो सामुहिक लगानी कोष (Mutual Fund) “मुक्तिनाथ म्युचुअल फण्ड” यहि आउँदो मंसिर महिना भित्र सार्वजनिक निष्काशन मार्फत् इकाईहरु बिक्रिमा ल्याउने भएको छ । यस कोषको प्रवद्र्घक मुक्तिनाथ विकास बैंक र भने योजना व्यवस्थापक मुक्तिनाथ क्यापिटल रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन
- हुथी विद्रोहीको सैन्य अभियान तीव्र, बाब अल–मन्देब क्षेत्रमा बढ्यो तनाव
- त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, घटनाको छानबिन गर्न समिति गठन
- प्रतिनिधिसभा बैठक आज, चार संसदीय समितिमा पनि छलफल
- पहिलो विदेश यात्रामा प्रधानमन्त्री शाह, संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने


ट्रेन्डिङ
खबरमुकाम







