काठमाडौँ । कोशी पर्यटन वर्ष २०८२ शुभारम्भ गरिएको छ । कोशी प्रदेशमा वार्षिक १० लाख पर्यटक भित्राउने लक्षसहित पर्यटन वर्ष शुभारम्भ गरिएको हो । तेह्रथुमको तिनजुरे मिल्के स्थित आरआर गार्डेनमा बुधबार आयोजित विशेष कार्यक्रममा उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले कोशी पर्यटन वर्षको शुभारम्भ गरेका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री सिंहले कोशी प्रदेश सरकारले घोषणा गरेको पर्यटन वर्षले नेपालको अर्थतन्त्रलाई महत्त्वपूर्ण टेवा पुर्याउने बताए । कोशी प्रदेशमा पर्यटनको प्रचुर सम्भावना रहेको र यसका लागि भारतबाट पर्यटक भित्राउन सकिने भएकाले यस तर्फ प्रदेश सरकारले ध्यान दिनुपर्ने सिंहले बताए ।
पर्यटनको माध्यमबाट देशमा बढ्दै गएको आर्थिक शिथिलता लाई कम गर्न सकिने र पर्यटनबाटै नेपालको समृद्धि धारणा राखे । मुलुक सङ्घीयतामा गएको र यसबाट आम रुपमा जीवन स्तर वृद्धि भएको बताउँदै उनले २०४६ साल यताका विकासका तथ्य तथ्याङ्क हेर्न सुझाव दिए । कतिपयले विकास नै नभएको भाष्य सिर्जना गरेर नकारात्मकता फैलाउने प्रयत्न गरेको सिंहको भनाई छ। आग्रह पूर्वाग्रह भन्दा तथ्यमा विकास हेर्नु पर्ने सिंहले बताए ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशबाट सन्देश प्रवाह गरेर आधार वर्ष तयार गर्न पर्यटन वर्ष घोषणा गरिएको बताए । कोशी प्रदेशका सबै क्षेत्रहरू पर्यटनको हिसाबले महत्त्वपूर्ण भएको चर्चा गर्दै मुख्यमन्त्री कार्कीले महत्त्वपूर्ण क्षेत्रहरूलाई विकास गरेर पर्यटन मार्फत राष्ट्रिय पुँजी निर्माण गरिने बताए । स्थानीय तहको सहकार्यमा कोशी प्रदेशमा पर्यटनको विकास गर्दै नमुना प्रदेश बनाउने मुख्यमन्त्री कार्कीको भनाई छ । ‘सबै जातजाति ,धर्म संस्कृतिको जगेर्ना र त्यसको संरक्षणमा अघि बढ्दै कोशी प्रदेशलाई नमुना प्रदेश बनाउने योजना छ’ मुख्यमन्त्री कार्कीले भने ।
प्रदेशमा माङसेबुङ जस्तो पवित्र स्थल रहेको साथै साहसिक पर्यटकको पनि सम्भावना रहेको चर्चा गर्दै उनले यी सबैलाई ध्यान दिएर अघि बढ्नुपर्ने बताए । कोशी प्रदेशमा बाराह क्षेत्र, हलेसी र माङ्सेबुङ जस्तो विशिष्टीकृत धार्मिक क्षेत्र रहेको जानकारी दिँदै उनले धार्मिक पर्यटनबाट ठूलो लाभ लिन सकिने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- ओरालो लागेको मृग बने मास्टर सेफ सन्तोषः नियत खराब थिएन नियति खराब भइदियो
- ललितपुरमा गोली चल्योः तीन जना लागुऔषध तस्कर पक्राउ
- राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः गगन थापा
- रास्वपा लुम्बिनीको सभापतिमा शालिकराम घिमिरे निर्वाचित
- रास्वपाको उदय अस्थिर राजनीति र भूराजनीतिक चलखेलको परिणाम हो : एमाले
- अमेरिका–इरान युद्ध अन्त्यतर्फ, सम्झौतामा हस्ताक्षरको तयारी
- विश्वकपमा स्कटल्यान्डको विजयी सुरुआत, समूह ‘सी’को शीर्ष स्थानमा उक्लियो
- चीन भ्रमणमा निस्कँदै परराष्ट्रमन्त्री, कूटनीतिक भेटघाटमा केन्द्रित रहने



ट्रेन्डिङ
खबरमुकाम






