काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर पक्षले पार्टी नेतृत्वबाट आन्तरिक एकता कायम गर्न प्रभावकारी पहल नभएको भन्दै राष्ट्रिय भेला आयोजना गर्न बाध्य भएको जनाएको छ ।
शनिबार काठमाडौंको चुनदेवीस्थित सम्पर्क कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा नेता शशांक कोइरालाले पार्टीभित्र एकता कायम गर्न आफूहरूले निरन्तर प्रयास, धैर्यता र पहल गरे पनि नेतृत्व तहबाट त्यसअनुसारको सकारात्मक भूमिका नदेखिएको बताए ।
भेला आयोजक समितिका संयोजकसमेत रहेका कोइरालाले पार्टीका नेता, कार्यकर्ता, जनप्रतिनिधि तथा शुभेच्छुकहरूमा बढ्दो चिन्ता र निराशालाई सम्बोधन गर्न राष्ट्रिय भेला आयोजना गरिएको स्पष्ट पारे ।
उनले पार्टीभित्र देखिएको वर्तमान अवस्थासँगै मुलुकका राजनीतिक, आर्थिक, सामाजिक तथा धर्म–सांस्कृतिक विषयमा गम्भीर छलफल हुने बताए। साथै, भेलाले आगामी चुनौतीहरूको सामना गर्न सक्ने वैचारिक, नीतिगत तथा संगठनात्मक रूपमा स्पष्ट कार्यदिशा तय गर्ने विश्वास व्यक्त गरे ।
कोइरालाका अनुसार राष्ट्रिय भेला पार्टीभित्रको संवादलाई थप सशक्त बनाउँदै संगठनलाई नयाँ दिशा दिने उद्देश्यका साथ आयोजना गरिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम





