काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर पक्षले पार्टी नेतृत्वबाट आन्तरिक एकता कायम गर्न प्रभावकारी पहल नभएको भन्दै राष्ट्रिय भेला आयोजना गर्न बाध्य भएको जनाएको छ ।
शनिबार काठमाडौंको चुनदेवीस्थित सम्पर्क कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा नेता शशांक कोइरालाले पार्टीभित्र एकता कायम गर्न आफूहरूले निरन्तर प्रयास, धैर्यता र पहल गरे पनि नेतृत्व तहबाट त्यसअनुसारको सकारात्मक भूमिका नदेखिएको बताए ।
भेला आयोजक समितिका संयोजकसमेत रहेका कोइरालाले पार्टीका नेता, कार्यकर्ता, जनप्रतिनिधि तथा शुभेच्छुकहरूमा बढ्दो चिन्ता र निराशालाई सम्बोधन गर्न राष्ट्रिय भेला आयोजना गरिएको स्पष्ट पारे ।
उनले पार्टीभित्र देखिएको वर्तमान अवस्थासँगै मुलुकका राजनीतिक, आर्थिक, सामाजिक तथा धर्म–सांस्कृतिक विषयमा गम्भीर छलफल हुने बताए। साथै, भेलाले आगामी चुनौतीहरूको सामना गर्न सक्ने वैचारिक, नीतिगत तथा संगठनात्मक रूपमा स्पष्ट कार्यदिशा तय गर्ने विश्वास व्यक्त गरे ।
कोइरालाका अनुसार राष्ट्रिय भेला पार्टीभित्रको संवादलाई थप सशक्त बनाउँदै संगठनलाई नयाँ दिशा दिने उद्देश्यका साथ आयोजना गरिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





