काठमाडौ । यामाहा नेपालले गौरवका साथयामाहा ग्लोबलको ७० औं वार्षिकोत्सवमनाएको छ। हरेक वर्ष जुलाई १ मा विश्वभर मनाइने “थ्बmबजब म्बथ” को अवसरमा यस वर्ष विशेष महत्वको "Bridging Old and New, Through Kando Actions" भन्ने ग्लोबल थिमसहित यामाहाको इनोभेसन, प्यासन र उत्कृष्टताको सात दशक लामो यात्रालाई स्मरण गरिएको हो।
नेपालमा पनि यामाहाले विभिन्न कार्यक्रमहरू मार्फत यो अवसरलाई अर्थपूर्ण बनाएको छ।एमएडब्लू फाउन्डेसनको नेतृत्वमायामाहा ब्लु स्क्वायर नक्साल शोरूममा आयोजना गरिएको रक्तदान कार्यक्रम, दिगोपनको प्रतिबद्धता अनुरुप फ्याक्ट्री परिसर ९एमएडब्लू अटो० मा गरिएको वृक्षारोपण अभियानरकाठमाडौँकोनिस्सहाय सेवा सदन, शान्तिनगर वृद्धाश्रममा गरिएको अर्थपूर्ण सामुदायिक सेवा सम्बन्धि गतिविधिसँगै समापन गरिएको मौलिक यामाहा ब्लुस्ट्रिक्स राइडआउट जस्ता कार्यक्रमहरूले ब्रान्डको ‘समाजलाई योगदान गर्ने’ दर्शनलाई जीवन्त बनाएका छन्। त्यस्तै, देशभरका यामाहा शोरूमहरूमा केक काट्ने कार्यक्रमहरूआयोजना गरिए, जसले ग्राहक, साझेदार र कर्मचारीहरूलाई एकै ठाउँमा जोड्ने काम गर्यो। साथै, टेकस्पाएर कलेजमा स्नातक तहका विद्यार्थीहरूलाई लक्षितगरी सडक सुरक्षा तालिमपनि प्रदान गरिएको थियो। यस विशेष अवसरमा एमएडब्लू ग्रुपका अध्यक्ष श्री विष्णु कुमार अग्रवालले भने, “आज हाम्रो लागि साँच्चै गौरवको दिन हो। ७० वर्षको यो यात्रामा विगत ४० वर्षदेखि हामी यामाहासँगको साझेदारीमा छौं, जुन हाम्रो लागि पनि गर्वको विषय हो।
यामाहाले युवाहरूलाई प्रेरणा दिने इनोभेटिभ, स्टाइलिश र पर्फर्मेन्समा उत्कृष्ट सवारीहरू ल्याइरहँदा यो साझेदारी अझ धेरै वर्षसम्म अघि बढिरहनेमा हामी विश्वस्त छौं। यामाहाले स्टाइल र पर्फर्मेन्स दुवैमा अब्बल उत्पादनमार्फत आजका युवाहरूको मनमा गहिरो छाप छोडेको छ। यामाहाका यी गुणहरू नेपाली ग्राहकहरूको चाहनासँग प्रत्यक्ष मेल खान्छन्, किनकि यहाँका उपभोक्ताहरू स्टाइलसँगै विश्वसनीयतालाई पनि उत्तिकै महत्त्व दिन्छन्। यामाहासँगको हाम्रो दशकौं पुरानो सम्बन्ध सधैं नेपाली बजारमा इनोभेसन, जोश र गुणस्तरीय राइड एक्सपिरियन्स ल्याउने साझा उद्देश्यमा आधारित रहँदै आएको छ। यामाहा हाम्रो लागि केवल एउटा ब्रान्ड होइन, यो त हाम्रो मनमा बसेको छ, हाम्रो पहिचानमै मिसिएको छ। यसले हाम्रो जीवन बदलिदिएको छ। यामाहा त हाम्रो नशामा बगिरहेको छ। हो, हाम्रोरगत नै निलो बग्छ१”
यामाहा दैनिक यात्रादेखि रेसिङ हुँदै एड्भेन्चर खोज्नेहरूसम्मका लागि डिजाइन गरिएका विविध र शक्तिशाली उत्पादनहरूको लागि परिचित रहँदै आएको छ।नेपालकै उच्च माइलेज दिने स्कुटर ARAI प्रमाणित ७१.३३ किलोमिटर प्रतिलिटर माइलेज भएको Yamaha RayZR 125FI Hybrid देखि लिएरस्पोर्टी र स्टाइलिस Yamaha R15 V4 सम्म, यामाहाले सधैं उत्कृष्टताको नयाँ मापदण्ड स्थापितगर्दैआएको छ। सडकमा दमदार उपस्थिति चाहनेहरूका लागि MT-15 V2 र FZ V3 सिरिज आकर्षणका केन्द्र बनेका छन्, भने Aerox 155 एक स्पोर्टी डिजाइन भएको परफर्मेन्स स्कुटरका रूपमा अगाडि आएको छ। अफरोड यात्राका लागि WR155R भरपर्दो विकल्पकोरूपमास्थापितभएको छ। यामाहाका सम्पूर्णमेसिनहरू उन्नत जापानी प्रविधिबाट निर्माण गरिएका छन्जसले सुरक्षा, दक्षता र रोमाञ्चक राइडिङ अनुभव प्रदान गर्छन्।
एमएडब्लू राइड्सको नेतृत्वमा सञ्चालन भइरहेको यामाहा नेपाल आज नेपालकै सबैभन्दा भरपर्दो र प्रतिष्ठित दुईपाङ्ग्रे ब्रान्ड बनेको छ। अत्याधुनिक जापानी प्रविधि, भरपर्दो पर्फर्मेन्स र उत्कृष्ट आफ्टर सेल्स सर्भिसको संयोजनमार्फत यामाहाले सधैं पर्फर्मेन्स, स्टाइल र ग्राहक सन्तुष्टिको मापदण्ड तय गर्दै आएको छ। ब्रान्डले दक्ष जनशक्ति उत्पादन र ग्राहकको सम्पूर्ण अनुभवलाई अझ प्रिमियम बनाउने प्रतिबद्धतासहित नेपालको प्रत्येक कुनामा आफ्नो उपस्थिति बलियो बनाउँदै लगिरहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बालेन सरकारसँग वीरगञ्जका मेयर सिंहको लडाईं किन पर्यो ?
- सरकारले जनताको दुःख नबुझे सडकमा आउने गगनको चेतावनी
- बाराको सेज क्षेत्रमा पनि चल्दै डोजर, निशानामा ६०० घर–टहरा
- कांग्रेस राष्ट्रिय सभाको प्रमुख सचेतकमा पदम परियार
- मनास्लु र ल्होत्से आरोहणको ७० वर्ष, विशेष कार्यक्रम गरी मनाइने
- शेखर गोल्छा पक्राउ परेकोमा नाडाको आपत्ति
- सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा अभिकर्ता सशक्तिकरण तथा सम्मान कार्यक्रम सम्पन्न
- नयाँ दिल्लीमा नेपाललाई उत्कृष्ट वेडिङ डेस्टिनेसनका रूपमा प्रवर्द्धन


ट्रेन्डिङ
खबरमुकाम







