काठमाडौँ। जेनजी आन्दोलनको प्रभावका कारण पर्यटकीय गतिविधिमा कमी आएको छ । पर्यटकीय यामको मुखमा भएको परिवर्तनकारी आन्दोलनका कारण पर्यटकको आगमनमा असर परेपछि तत्काल उड्डयन र होटेल क्षेत्रमा प्रभाव देखिएको हो । पर्यटकीय गतिविधि न्यून भएपछि हङकङको क्याथे प्यासिफिक एयरवेजले नेपाल उडान रोकेको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले भने, “हङकङ–नेपाल रुटमा उडान गर्दै आएको क्याथे प्यासेफिकले अजोज १४ सम्मलाई उडान रोकेको छ । यो कम्पनीले २८० सिट क्षमताको वाइडबडी जहाजमार्फत दैनिक काठमाडौँमा उडान गर्दै आएको थियो ।” हाल हङकङमा नेपाल वायुसेवा निगमले सातामा चार दिन उडान गर्दै आएको छ । क्याथेको उडानमार्फत यात्रु हङकङ हुँदै अमेरिका, क्यानडा, युरोप, अस्ट्रेलिया, जापानलगायत गन्तव्यमा जाने गरेका थिए ।
होटेल सङ्घ नेपालका अध्यक्ष विनायक शाहले पछिल्ला राजनीतिक घटनाक्रमको असरले होटेल क्षेत्रमा प्रत्यक्ष असर पुगेको बताए। उनले भने, “भूकम्प, नाकाबन्दी र कोरोना महामारीपछि तङ्ग्रिएको पर्यटन क्षेत्रमा प्रदर्शनको असर देखिन सुरु भइसकेको छ । बढी विदेशी पर्यटक आउने असोज–कात्तिकको समयमा होटेल बुकिङ गरिसकेका पर्यटक आउन डराइरहेका छन् भने केहीले बुकिङसमेत रद्द गरेको सुन्नमा आएको छ ।”
अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको पर्यटन क्षेत्रमा थप असर हुन नदिन सरकार र निजी क्षेत्र मिलेर जति सक्दो चाँडो नेपाल सुरक्षित छ भन्ने सन्देश दिन आवश्यक रहेको उनले बताए ।दैनिक जनजीवन समान्यतर्फ फर्किए पनि होटेल लगायतका पर्यटकीय पूर्वाधारमा भएको आगजनी, तोडफोडका कारण दसैँतिहार जस्ता पर्वको मुखैमा पर्यटन क्षेत्रमा आश्रित देशभरका दुई हजारभन्दा बढी कामदार, कर्मचारी प्रभावित हुन सक्ने उनले बताए।
आन्दोलनका क्रममा स्वदेशी तथा विदेशी ब्रान्डका होटेलमा क्षति पुगेको र केही होटेल मर्मतसम्भार तथा पुनर्निर्माण नगरी सञ्चालनमा आउन नसक्ने अवस्थामा रहेको उनको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






