काठमाडौः विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले रेडमी नोट १४ सिरिजका लागि विशेष अफर घोषणा गरेको छ । यस अफरअन्तर्गत ग्राहकहरूले स्मार्टफोन खरिदसँगै प्रिमियम एसेसरीमा आकर्षक छुट पाउनेछन् । असोज ५ गतेदेखि कार्तिक १४ गतेसम्म (सेप्टेम्बर २१ देखि अक्टोबर ३१, २०२५) सञ्चालन हुने यस अभियानअन्तर्गत, हरेक स्मार्टफोन खरिदमा ग्राहकले रेडमी बड्स ५ए केवल रु. ९९९ मा प्राप्त गर्न सक्नेछन् ।
यस अफरबारे शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले भन्नुभयो, “हामी ग्राहकलाई उत्कृष्ट मूल्यसहितको अनुभव दिन प्रतिबद्ध छौं । ग्राहकलाई थप खुसी दिनका लागि ल्याइएको यो अफरमार्फत् हामीले उत्पादनलाई सबैका लागि अझ सुलभ बनाउन खोजेका छौं ।”
रेडमी नोट १४ सिरिजअन्तर्गत कुनै पनि मोडल खरिद गर्ने ग्राहकले सामान्यतया रु. २,४९९ पर्ने रेडमी बड्स ५ए केवल रु. ९९९ मा पाउनेछन् । यो अफर रेडमी नोट १४, रेडमी, रेडमी नोट १४ ५जी, नोट १४ प्रो ५जी, र रेडमी नोट १४ प्रो+ ५जी सबै मोडलहरूमा लागू हुनेछ । ग्राहकहरूले जुनसुकै स्मार्टफोन छनोट गरे पनि एकै मूल्यमा एसेसरी प्राप्त गर्ने सुविधा पाउनेछन् ।
यो विशेष अफर कार्तिक १४ (अक्टोबर ३१, २०२५) सम्म मात्र उपलब्ध हुनेछ र देशभरका आधिकारिक शाओमी बिक्रेता र सबै स्मार्ट फोन बिक्रेतामार्फत प्राप्त गर्न सकिनेछ ।
स्मार्ट फोन बिक्रेतामार्फत प्राप्त गर्न सकिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन
- हुथी विद्रोहीको सैन्य अभियान तीव्र, बाब अल–मन्देब क्षेत्रमा बढ्यो तनाव
- त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, घटनाको छानबिन गर्न समिति गठन
- प्रतिनिधिसभा बैठक आज, चार संसदीय समितिमा पनि छलफल
- पहिलो विदेश यात्रामा प्रधानमन्त्री शाह, संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने

ट्रेन्डिङ
खबरमुकाम






