स्कोडा नेपालले यसपटकको चाडपर्वलाई लक्षित गरी ‘स्कोडा फेस्टिभ डिलाइट २०८२’ नामक अभियान सुरु गरेको छ। यो अभियान अनुसार ग्राहकहरूले चाडपर्वको यो सिजनमा खुशी, रोमाञ्चक अनुभव र विशेष सुविधाहरू पाउनेछन्। “फास्ट एण्ड फियरलेस” भन्ने थिमसहित सुरु गरिएको यो अभियानमा स्कोडाले साहस र एकताको भावना फैलाउँदै प्रिमियम ड्राइभिङ अनुभव प्राप्त गर्न अझ सजिलो बनाइरहेको छ।
यो अभियान अन्तर्गत स्कोडाको कुनै पनि मोडल खरिद गर्ने ग्राहकहरूले २०% डाउनपेमेन्ट, ४ लाख रुपैयाँसम्म नगद छुट र सबैभन्दा विशेष, कतार ग्रान्ड प्रिक्स २०२५ प्रत्यक्ष हेर्ने मौका पाउनेछन्, जुन वर्ल्ड क्लास मोटरस्पोर्ट्स हेर्न जीवनमै एकपटक पाइने अद्वितीय अवसर हो।
चाडपर्वलाई अझ रमाइलो बनाउन स्कोडाले आकर्षक अफर र रोमाञ्चक पुरस्कारहरूको संयोजन ल्याएको छ, जसले गर्दा ग्राहकले केवल गाडी मात्र होइन, अविस्मरणीय सम्झना पनि घर लैजान सक्नेछन्। स्कोडाका दमदार डिजाइन, अत्याधुनिक सुविधा र उच्च सुरक्षा मापदण्डले नेपाली अटोमोबाइल बजारलाई निरन्तर रूपमा नयाँ परिभाषा दिइरहेको छ।
यो अभियान हाम्रो समुदायप्रति आभार व्यक्त गर्ने र अझै राम्रो सेवा दिने वाचा हो। नेपालभर रहेका सबै अधिकृत स्कोडा सोरूममा बुकिङ खुला भैसकेको छ।
यो चाडपर्व स्कोडासँग मनाऔँ – फास्ट, फियरलेस र फुल अफ फेस्टिभ डिलाइट।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन
- हुथी विद्रोहीको सैन्य अभियान तीव्र, बाब अल–मन्देब क्षेत्रमा बढ्यो तनाव
- त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, घटनाको छानबिन गर्न समिति गठन
- प्रतिनिधिसभा बैठक आज, चार संसदीय समितिमा पनि छलफल
- पहिलो विदेश यात्रामा प्रधानमन्त्री शाह, संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने

ट्रेन्डिङ
खबरमुकाम






