लेखनाथ। पोखरा उपत्यका, हिमाल र ताल नियाल्दै उडान भर्ने पारखीहरुको रोजाइमा पर्छ हट एयर बेलुन । दसैंको शरदीय याम सुरु हुँदा यही साताभित्रै उडान सुरु गर्ने बेलुन नेपाल प्रालिको तयारी छ । जेनजी आन्दोलनका कारण एक साता उडानपछि सरेको बेलुन नेपालका अध्यक्ष बिक्रम बाडेले जानकारी दिए । मनसुनका बेला जुन, जुलाई र अगस्टमा बन्द भएको बेलुन उडान सेप्टेम्बर १५ अर्थात् भदौ ३० बाट गर्ने तयारी भएको थियो ।
आन्दोलनकारीले बेलुन नेपालको कार्यालयमा समेत तोडफोड गरेपछि उडान मितिपछि धकेलिएको हो । बेलुन उडान यही सेप्टेम्बर २५ अर्थात् असोज ९ गतेबाट सुरु गरिने उनको भनाइ छ । नेपालमा पहिलो पटक व्यावसायिक बेलुन उडान सुरु गरेको बेलुन नेपालले विसं २०७५ बाट पोखरामा सेवा थालेको थियो । बेलुन नेपालले तीन वटा बेलुनबाट सेवा दिइरहेको छ । दिउँसो घाम लागेका बेला उडान कठिन हुने भएकाले बिहान र दिउँसो गरी दुई सिफ्टमा उडान गर्ने गरिएको छ ।
फेवाताल सिरान पामेबाट उडान गरी करिब चार किमी बेलुनमा यात्रु रमाउन पाउँछन् । बेलुनबाट करिब ९ हजार फिट उचाइबाट हिमाल, ताल र पोखरा उपत्यका नियाल्ने मौका बेलुनका यात्रुले पाउँछन्। पहिले विदेशी यात्रुको रोजाइमा पर्ने गरेको बेलुन उडानमा पछिल्लो समय नेपाली पनि थपिएका छन् ।गत वर्ष बेलुन नेपालले नेपालकै पहिलो अन्तर्राष्ट्रिय हट एयर बेलुन फेस्टिभल आयोजना गरेको थियो । पोखरा महानगरले यसपालिको नीति तथा कार्यक्रम र बजेटमा यसलाई पर्यटन राजधानीको गतिविधिका रुपमा समेटेको छ ।
पोखरामा हट एयर बेलुन उडानमा नेपालीले ११ हजार, सार्क र चीनका नागरिकले एक सय २० डलर तिर्नुपर्छ । अरु देशका यात्रुसँग भने कम्पनीले एक सय ५० डलर लिने गरेको छ । यो आधा घन्टादेखि ४० मिनेटको प्याकेजमा उडान, पिकअप, ड्रप, फोटो र भिडियोको समेत सुविधा छ ।
यसपालि पनि विदेशीको बुकिङ सन्तोषजनक रहेको जनाउँदै बाँडे विस्तारै परिस्थिति सुध्रिनेमा आशावादी हुनुहुन्छ । “यात्रुले बुकिङ रद्द गर्ने परिस्थिति अहिलेसम्म हामीले व्यहोर्नुपरेको छैन,” उहाँ भन्नुहुन्छ, “विस्तारै पर्यटन लयमा आउँला र पर्यटन राजधानी पुरानै गतिमा पुग्ला भन्ने आशा छ ।”
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






