काठमाडौं । दैलेख जिल्लाको दुल्लु नगरपालिका वडा नं. १३ का वडासचिव कमल भण्डारीलाई फोनमार्फत धम्की दिने प्रकाश खड्कालाई कारबाही गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले निर्देशन दिएको छ । प्रधानमन्त्री कार्यालयको दुरुपयोग गरी अश्लील भाषा बोल्दै दबाब र धम्की दिएका खड्कालाई तत्काल कानुनी कारबाही गर्न निर्देशन दिइएको हो ।
वडा सचिवलाई धम्काउने प्रकाश खड्कालाई कारबाही गर्न सुरक्षा एवम् अनुसन्धान निकायलाई निर्देशन दिँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव तथा प्रवक्ता हेमराज अर्यालले विज्ञप्ति जारी गरेका छन् ।
खड्काले सचिव भण्डारीलाई धम्की दिएको अडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले त्यस घटनाबारे चासो राखेको देखिएको छ ।
प्रवक्ता अर्यालले जारी गरेको विज्ञप्तिमा कर्मचारीको मनोबल उच्च राख्नु तथा सुरक्षित कार्य वातावरण सुनिश्चित गर्नु सरकारको दायित्व भएको उल्लेख गर्दै सुशासन, विधिको शासन र प्रशासनिक अनुशासन कायम गर्न यस्ता गतिविधिमाथि कडा निगरानी आवश्यक रहेको उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- अदालतले म्याद थप्न अस्वीकार गरेपछि एकै दिनमा छुटे दुर्गा प्रसाईं
- राष्ट्रिय सभा साउन २१ सम्मका लागि स्थगित
- परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ
- खेमनाथ दाहालको गीति एल्बम ‘जागृति’को लोकार्पण
- कुतः पिकाकबाट तीन स्रष्टा पुरस्कृत
- नेपाली उद्यमी समीर खनालद्धारा लन्डनको प्रतिष्ठित मेफेयरमा रोजवुड फार्मेसी सञ्चालन
- आइएमई लाइफ इन्स्योरेन्स बिजनेश एक्सिलेन्स अवार्ड नाइट ,२०२६ सम्पन्न
- सत्ताच्युत भएको दुई वर्षपछि पहिलोपटक सार्वजनिक हुँदै शेख हसिना

ट्रेन्डिङ
खबरमुकाम






