काठमाडौं । प्रहरीले विराटनगरस्थित औद्योगिक घराना देवनरा ग्रुपसँग सम्बन्धित मुन्दडा समूहका सञ्चालकको निवासमा छापा मारेर खानतलासी गरेको छ । मोरङ प्रहरीले विराटनगर महानगरपालिका–७, मेघराज मार्गस्थित मुन्दडा परिवारको घरमा सोमबार बिहानैदेखि सुरक्षा घेरा हालेर खोजतलास गरेको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङको टोली बिहान करिब ४ः४५ बजे घटनास्थल पुगेको बताइएको छ । प्रहरीले खानतलासी गरिरहेको पुष्टि भए पनि यसको कारण र अनुसन्धानको विषयबारे औपचारिक जानकारी सार्वजनिक गरेको छैन ।
देवनरा ग्रुपका प्रमुख सञ्चालक उद्योगी प्रकाश मुन्दडा हुन् । उनले बाबा रिफाइनरी, जेजे ज्वेलर्स, बाबा जुट मिल, हाइलाइफ चप्पललगायत विभिन्न उद्योग सञ्चालन गर्दै आएका छन् । साथै साबुनसहित अन्य उद्योगमा पनि उनको संयुक्त लगानी रहेको बताइन्छ । उनी मोरङ उद्योग व्यापार संघ का पूर्वअध्यक्षसमेत हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन

ट्रेन्डिङ
खबरमुकाम






