काठमाडौं । नेपाली बजारमा खाना पकाउने ग्यासको चरम अभाव देखिएको छ । नेपाल आयल निगमले एलपी ग्यासको आयात र मौज्दात पर्याप्त रहेको दाबी गरे पनि ग्यासको अभावमा नागरिकहरुले दिनभरी लाइनमा बस्दा पनि पाउन भने मुस्किल परिरहेको हो ।
निगमले आपूर्तिमा कुनै समस्या नरहेको जनाएको छ तर डिपो सञ्चालकहरूले उद्योगबाट पर्याप्त ग्यास नआएकाले नियमित वितरण गर्न नसकिएको बताएका छन् । सरकारले भरी सिलिन्डर वितरण सुरु गरेको दुई साताभन्दा कम समयमै काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा ग्यास अभाव देखिएको हो ।
ग्यास नपाएपछि धेरै उपभोक्ताले डिलर र सप्लायरका केन्द्रमा खाली सिलिन्डर राखेर पालो कुरेर घण्टौंसम्म लाइन लाग्नु परिरहेको छ । एउटै सिलिन्डर साट्न पनि हप्तौँसम्म पर्खिनुपर्ने अवस्था रहेको उपभोक्ताहरूको गुनासो छ । कतिपयले दिनभर लाइनमा बसे पनि ग्यास नपाएको बताएका छन् ।
काठमाडौंको टेकुस्थित नेपाल आयल निगम परिसर, बालाजु औद्योगिक क्षेत्रको नेपाल ग्यास डिपो तथा अन्य डिलर र विक्रेताका पसलमा समेत ग्यास लिन आउने सेवाग्राहीको लामो लाइन देखिएको छ ।
यता, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कृत्रिम अभाव सिर्जना गर्ने व्यवसायीमाथि कडा कारबाही गर्न निर्देशन दिएको छ । विभागले काठमाडौं उपत्यकाका ११ वटा उद्योग तथा व्यवसायिक फर्ममा अनुगमन गरी आवश्यक निर्देशन र कारबाही गरेको जनाएको छ ।
विभागका अनुसार पछिल्ला केही दिनदेखि एलपी ग्यास अभावसम्बन्धी गुनासो बढेकाले बजार अनुगमनलाई ग्यास आपूर्तिमा केन्द्रित गरिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- इन्टर्न चिकित्सकको स्टाइपेन्ड माग्दै डिल्ली हरिजन आमरण अनशनमा
- ग्यास नपाएर नागरिकलाई हैरानी, कारबाहीको चेतावनी दिएर पन्छिदै सरकार
- स्वपहिचानका आधारमा लैङ्गिक पहिचान परिवर्तनसम्बन्धी विवादास्पद आदेश पुनरावलोकनका लागि सर्वोच्चको अनुमति
- जुलाईमा नेपाल भित्रिए ७१ हजार ७७५ विदेशी पर्यटक, कुन देशबाट कति आए ?
- सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्वारा नेत्रहिन महिला संघलाई शैक्षिक सामाग्री हस्तान्तरण
- सांग्रिला डेभलपमेन्ट वैंकका ग्राहक र कर्मचारीले ट्रांक्यूलिटि स्पामा छुट पाउने
- भ्रामक र आधारहीन समाचारप्रति प्रभु बैंकको आपत्ति
- नबिल बैंकले एजुकेशन हबमार्फत शैक्षिक कर्जा, वित्तीय परामर्श र बैंकिङ सहायता उपलब्ध गराउने

ट्रेन्डिङ
खबरमुकाम







