काठमाडौं । देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले आज पनि अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पूर्वी क्षेत्रमा औसत स्थानको आसपास र पश्चिमी क्षेत्रमा औसत स्थानभन्दा केही उत्तरतर्फ रहेकाले वर्षाको प्रभाव कायम रहने देखिएको हो ।
हाल बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका अधिकांश स्थानमा बदली छ भने कोशी, लुम्बिनी र कर्णालीका पहाडी क्षेत्रमा पनि मौसम सामान्यदेखि पूर्ण बदली रहेको छ । केही स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ ।
आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने अनुमान गरिएको छ । पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना रहेको छ भने उच्च हिमाली क्षेत्रमा हल्का हिमपातसमेत हुन सक्छ। तराईका केही स्थानमा पनि मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ ।
रातिको समयमा पनि मौसममा खासै सुधार नआउने महाशाखाले जनाएको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा मध्यम वर्षा हुन सक्नेछ भने हिमाली क्षेत्रमा वर्षा वा हिमपातको सम्भावना कायम रहनेछ। तराईका केही क्षेत्रमा पनि वर्षा हुने अनुमान छ ।
निरन्तर वर्षासँगै नदी तथा खोलामा पानीको बहाव बढ्ने, गेग्रान बग्ने, बाढी, पहिरो र भूक्षयको जोखिम उच्च रहने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । यसबाट दैनिक जनजीवन, कृषि, स्वास्थ्य सेवा, पर्यटन तथा सडक र हवाई यातायात प्रभावित हुन सक्ने भएकाले मौसमसम्बन्धी अद्यावधिक सूचना नियमित रूपमा पछ्याउन पनि अनुरोध गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन

ट्रेन्डिङ
खबरमुकाम






