काठमाडौं । मल लिन भारत गएका बेला पक्राउ परेका सर्लाहीका किसान दाजुभाइ ३८ दिनपछि घर फर्किएका छन् । भारतको सीतामढी जिल्लास्थित व्यवहार अदालतका मुख्य न्यायाधीश अखिलेशकुमार झाको एकल इजलासले धरौटीमा रिहा गर्न आदेश दिएपछि उनीहरू हिजो नेपाल फर्किएका हुन् ।
बलरा नगरपालिका–५ का ६० वर्षीय नागेन्द्रप्रसाद सिंह र ५५ वर्षीय सुरेशप्रसाद सिंहलाई गत असार १७ गते भारतीय सीमा सुरक्षा बल (एसएसबी) र भारतीय कृषि विभागको संयुक्त टोलीले पक्राउ गरेको थियो ।
दुवै जना साइकलमा दुई बोरा युरिया र ६ बोरा डीएपी मल राखेर नेपाल फर्किने क्रममा पक्राउ परेका थिए । उनीहरूमाथि मल तस्करीको आरोप लगाउँदै सीतामढीको डुमरास्थित कारागारमा पठाइएको थियो ।
किसान दाजुभाइ पक्राउ परेको विषय सार्वजनिक भएपछि परराष्ट्रमन्त्री शिशिर खनालले चासो देखाएका थिए । त्यसपछि नयाँदिल्लीस्थित नेपाली दूतावासमार्फत भारत सरकारसँग कूटनीतिक समन्वयसमेत अघि बढाइएको थियो ।
अदालतले दुवै जनालाई जनही १० हजार भारतीय रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो । रिहा भएपछि उनीहरूलाई लिन परिवारका सदस्य भारत पुगेका थिए ।
धरौटीमा रिहा भए पनि सिंह दाजुभाइले मुद्दाको तारिखका लागि आगामी दिनमा भारतीय अदालतमा उपस्थित हुनुपर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन

ट्रेन्डिङ
खबरमुकाम







