काठमाडौं । तीन दिनदेखि बेपत्ता रहेका कपिलवस्तु नगरपालिकाका पूर्वमेयर किरण सिंह मृत फेला परेका छन् । ६५ वर्षीय सिंहको शव आइतबार मध्याह्न फेला परेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका एसपी मनोहरप्रसाद भट्टले जानकारी दिएका छन् ।
सिंह शुक्रबार दिउँसोदेखि सम्पर्कविहीन थिए । बेपत्ता हुनुअघि उनले आफूले बाटो बिराएको भन्दै व्यावसायिक साझेदारलाई फोन गरेका थिए । उनले सम्पर्क गरेको क्षेत्रबाटै शव फेला परेको प्रहरीले जनाएको छ ।
एसपी भट्टका अनुसार घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ । सिंह २०७४ सालमा नेपाली कांग्रेसबाट कपिलवस्तु नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन

ट्रेन्डिङ
खबरमुकाम







