काठमाडौं । आज अन्तर्राष्ट्रिय युवा दिवस विभिन्न कार्यक्रम गरी देशभर मनाइँदैछ । यस वर्षको दिवसको मूल नारा ‘भिन्न परिवेश, साझा आकाङ्क्षा’ रहेको छ ।
युवाको भूमिका र महत्वलाई उजागर गर्ने उद्देश्यले प्रत्येक वर्ष अगस्ट १२ तारिखमा अन्तर्राष्ट्रिय युवा दिवस मनाइन्छ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २००० देखि यो दिवस मनाउन थालिएको हो ।
दिवसको मुख्य उद्देश्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा युवा केन्द्रित बहस तथा पैरवी गर्ने, नीति निर्माण र कार्यान्वयनमा युवाको सहभागिता बढाउने तथा युवा क्षेत्रमा साझेदारी र लगानी अभिवृद्धि गर्नु रहेको छ ।
त्यस्तै, युवामैत्री शासन प्रवर्द्धन गर्ने, युवा केन्द्रित सरकारी, गैरसरकारी तथा निजी संस्था–निकायबीच सहकार्य र साझेदारी विस्तार गर्ने उद्देश्यले पनि दिवस मनाइँदै आएको छ ।
दिवसका अवसरमा आज काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा विशेष समारोह आयोजना हुँदैछ । समारोहमा सूचना प्रविधि तथा स्टार्टअप व्यवसायसम्बन्धी प्रदर्शनीसमेत गरिनेछ ।
अन्तर्राष्ट्रिय युवा दिवसलाई युवा जागरणको दिशामा विश्वव्यापी तथा साझा अभियानका रूपमा लिइएको छ । सांस्कृतिक, भौगोलिक, भाषिक, शारीरिक तथा प्रविधिजन्य विविधताबीच एकता र पारस्परिकता प्रवर्द्धन गर्दै अघि बढ्ने प्रतिबद्धता पनि यस अवसरमा व्यक्त गरिँदै आएको छ ।
दिवसका अवसरमा सूचना प्रविधि उद्यमी तथा स्टार्टअप व्यवसाय राष्ट्रिय पुरस्कारबाट विभिन्न छवटा व्यवसायलाई पुरस्कृत गरिँदैछ । साथै, सातै प्रदेशका युवा उद्यमीलाई समेत सम्मान तथा पुरस्कार प्रदान गर्ने कार्यक्रम रहेको छ ।
राष्ट्रिय युवा परिषद्का अध्यक्ष एवं युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवको अध्यक्षतामा गत साउन १ गते बसेको बैठकले अन्तर्राष्ट्रिय युवा दिवसलाई भव्यताका साथ मनाउने निर्णय गरेको थियो ।
राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा १६ देखि ४० वर्ष उमेर समूहका युवाको सङ्ख्या १ करोड २४ लाख १२ हजार १७३ रहेको छ । यो कुल जनसङ्ख्याको ४२ दशमलव ५६ प्रतिशत हो ।
युवा अवस्थालाई मानव जीवनको अत्यधिक जोश, जाँगर, उत्साह र ऊर्जा भएको महत्वपूर्ण उमेर समूहका रूपमा लिइन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन

ट्रेन्डिङ
खबरमुकाम






