काठमाडौं । नेपाल टेलिकमले एकैपटक हजारौँ टेलिफोन तथा मोबाइल प्रयोगकर्तालाई बढीमा एक मिनेटसम्मको पूर्वरेकर्ड गरिएको व्यावसायिक वा सूचनामूलक सन्देश भ्वाइस मेसेजका रूपमा पठाउन सकिने आउटबाउन्ड आईभीआर सेवा सञ्चालनमा ल्याएको छ । कम्पनीले यस सेवालाई संस्थागत तथा व्यक्तिगत दुवै ग्राहकका लागि उपयोगी हुने जनाएको छ ।
आउटबाउन्ड आईभीआर सामूहिक सूचना प्रवाहका लागि प्रयोग हुने प्रणाली हो। सूचना, परीक्षाको नतिजा वा प्रवर्द्धनात्मक सामग्री धेरै व्यक्तिसम्म पुर्याउन यो सेवा उपयोगी हुने टेलिकमले जनाएको छ ।
सेवा लिन चाहने कार्यालय, व्यवसायी वा सूचना प्रवाहकर्ताले कल गर्नुपर्ने नम्बरको सूची र सन्देशसहितको भ्वाइस फाइल नेपाल टेलिकमलाई उपलब्ध गराउनुपर्नेछ। तोकिएको प्रक्रिया पूरा भएपछि सेवा उपलब्ध हुने कम्पनीले जनाएको छ ।
यस सेवामार्फत सन्देश प्राप्त गर्ने व्यक्तिको फोनमा कल आउँदा सन्देश पठाउने सेवा प्रदायक वा ग्राहकको नाममा दर्ता रहेको मोबाइल वा टेलिफोन नम्बर नै कलर आईडीका रूपमा देखिनेछ । सेवा सञ्चालनका लागि इच्छुक ग्राहक वा सेवा प्रदायकले हाललाई दूरसञ्चार कार्यालय, सुन्धारामार्फत तोकिएको फाराम भरेर सेवा लिन सक्नेछन् ।
तोकिएका नम्बरमा स्वचालित रूपमा कल गर्न सकिने प्रकृतिको यस सेवाको माग बढ्दै जाने कम्पनीको विश्वास छ । सेवासम्बन्धी थप जानकारी नेपाल टेलिकमको वेबसाइटमार्फत प्राप्त गर्न सकिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- नेपाल टेलिकमले ल्यायो आउटबाउन्ड आईभीआर सेवा
- सामसङका ग्यालेक्सी जेड फोल्ड८ र फ्लिप८सहित नयाँ स्मार्टवाच नेपालमा उपलब्ध
- नाडा अटो शोको पहिलो दिन ३० हजारभन्दा बढी दर्शक
- मोटोरोला एज ७० फ्युजन नेपाली बजारमा, मूल्य ६९ हजार ९९९ रुपैयाँ
- स्कोडाले नेपालमा नयाँ जेनेरेसन कोडियाक सार्वजनिक गर्यो
- ईद मिलादुन्नबीमा सार्वजनिक बिदा पुनः कायम गर्न समाजवादी पार्टीको माग
- नामी भिगो ई२को दुई लाख रुपैयाँ छुट सकियो, बुकिङ अब एमआरपीमै
- डिएलए महासचिवमा रविन्द्र प्रधानको उम्मेदवारी, देश दौडाहा तीव्र



ट्रेन्डिङ
खबरमुकाम






.jpeg)
