सामसङका ग्यालेक्सी जेड फोल्ड८ र फ्लिप८सहित नयाँ स्मार्टवाच नेपालमा उपलब्ध

काठमाडौं । सामसङले ग्यालेक्सी जेड फोल्ड८ अल्ट्रा, ग्यालेक्सी जेड फोल्ड८, ग्यालेक्सी जेड फ्लिप८, ग्यालेक्सी वाच अल्ट्रा२ र ग्यालेक्सी वाच९ नेपाली बजारमा उपलब्ध गराएको छ । यी उपकरणको बिक्री अगस्ट २६ देखि देशभर सुरु भएको कम्पनीले जनाएको छ ।

नयाँ ग्यालेक्सी जेड सिरिजअन्तर्गत फोल्ड८ अल्ट्रा, फोल्ड८ र फ्लिप८ गरी फरक–फरक प्रयोग अनुभवका लागि तयार गरिएका तीन फोल्डेबल स्मार्टफोन छन् । प्रि–अर्डरमा फोल्ड८ अल्ट्राका लागि भायोलेट स्याडो, फोल्ड८का लागि ल्याभेन्डर र फ्लिप८का लागि पिंक रङ बढी रुचाइएको कम्पनीले जनाएको छ ।

ग्यालेक्सी जेड फोल्ड८ अल्ट्रामा ८ इन्चको मुख्य डिस्प्ले, स्तरोन्नत क्यामेरा प्रणाली र बहुकार्यका लागि उपयुक्त परफर्मेन्स उपलब्ध रहेको बताइएको छ । ग्यालेक्सी जेड फोल्ड८मा फराकिलो कभर स्क्रिन तथा ४ः३ अनुपातको मुख्य डिस्प्ले रहेको कम्पनीले जनाएको छ ।

ग्यालेक्सी जेड फ्लिप८मा ५० मेगापिक्सेल क्यामेरा, प्रोभिजुअल इन्जिन तथा फ्लेक्सक्याम फिचर दिइएको छ । ग्यालेक्सी वाच अल्ट्रा२ र ग्यालेक्सी वाच९ स्न्यापड्रागन वेयर एलिट प्लेटफर्ममा आधारित छन् र स्वास्थ्य निगरानी, सहज प्रयोग तथा ब्याट्री क्षमतामा केन्द्रित रहेको कम्पनीको भनाइ छ ।

कम्पनीले नयाँ उपकरण खरिदका लागि २४ महिनासम्मको सहज किस्ता सुविधा उपलब्ध गराएको जनाएको छ । मासिक किस्ता ५ हजार २९१ रुपैयाँबाट सुरु हुने र यसका लागि नागरिकता मात्र आवश्यक पर्ने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै