काठमाडौं । नेपाल पर्यटन बोर्डले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव तथा बोर्डका अध्यक्ष डा.दिपक काफ्लेलाई स्वागत गरेको छ । कोशी प्रदेश सचिवका रुपमा रहेका डा.काफ्ले केही दिन अघिमात्रै मन्त्रालयमा सरुवा भएर आएका हुन् । पर्यटन बोर्डमा आयोजित कार्यक्रममा बोर्डका कार्यकारी प्रमुख डा.धनन्जय रेग्मीले उनलाई स्वागत गरेका थिए ।
स्वागत कार्यक्रममा बोल्दै मन्त्रालयका सचिव तथा बोर्डका अध्यक्ष डा.दिपक काफ्लेले नेपाल गौतमबुद्धको जन्मस्थल र विश्वको सर्वोच्च शिखर सगरमाथा जस्ता विश्वप्रसिद्ध पर्यटकीय गन्तव्य भएको मुलुक भएको उल्लेख गर्दै प्रभावकारिरुपमा नेपालको बजारिकरण गर्न सके यसबाट प्रशस्त लाभ दिन सकिने बताए ।
यस्तै, उनले बोर्डलाई चलायमान बनाउन आवश्यक नीतिगत निणर्य गर्न तथा कर्मचारीको वृत्ति विकासका लागि आफु सधै सकारात्मक रहेको बताउँदै पर्यटन प्रर्वद्धनका लागि नयाँ सोच र जागरकासाथ काम गर्न कर्मचारीहरुलाई निर्देशन दिए ।
बोर्डका बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले कोभिडपछि नेपालको पर्यटन विस्तारै लयमा फर्किदै गएको जानकारी दिँदै पर्यटन चलायमान बनाउन आवश्यक नीतिगत सहजिकरण तथा सरोकारवालाहरुबीच सहकार्य आवश्यक भएको बताए ।
सो अवसरमा बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिंह ऐरले बोर्डको ऐन, नियम तथा पर्यटनका चुनौती र सम्भावनाका विषयमा, बोर्डका निमित्त बजार निर्देशक लक्ष्मण गौतमले पर्यटनलाई चलायमान बनाउन बोर्डले गरिरहेका कार्यबारे, जीविकोपार्जन पूनरुत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी) का जिविकोपार्जन विज्ञ धर्म दवाडीले परियोजनाले गरेका कामहरु र भावी योजनाबारे तथा कर्मचारीको प्रतिनिधित्व गर्दै बोर्डका अधिकृत सुदन सुवेदीले कर्मचारीका हक हित समस्या तथा समसामयिक विषयमा आफ्ना धारणा राखेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- संसद्को दुवै सदनको बैठक आज, बजेटमाथि मन्त्रालयगत छलफल सुरु हुने
- आज सातै प्रदेशको बजेट सार्वजनिक हुँदै, खर्च क्षमता सुधार्ने चुनौती कायमै
- अन्तिम मिनेटको गोलमा आइभरीकोस्टको शानदार जित
- अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने सहमति
- आजको मौसमः केही क्षेत्रमा वर्षा र पश्चिमी तराईमा गर्मी हुने
- यस्ता छन् विश्वको सबैभन्दा ठूलो नोबेल पुरस्कारबारे रोचक तथ्य....
- ओरालो लागेको मृग बने मास्टर सेफ सन्तोषः नियत खराब थिएन नियति खराब भइदियो
- ललितपुरमा गोली चल्योः तीन जना लागुऔषध तस्कर पक्राउ



ट्रेन्डिङ
खबरमुकाम





