बागलुङ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको बिहुँ–घोडाबाँधे खण्ड अधुरै छाड्ने निर्माण कम्पनी कालोसूचीमा परेको छ ।
कालोपत्रका लागि २०७२ माघमा जिम्मा पाएको एमपी/एससीएफ/इसिसी जेभीले वर्षौँसम्म काम नगरेपछि कालोसूचीमा परेको हो । तीन वर्षमा निर्माण सम्पन्न गर्नेगरी सम्झौता भए पनि आठ वर्षसम्म काम नगर्दा सार्वजनिक खरिद अनुगमन कार्यालयले पत्रिकामा सूचना प्रकाशन गरी उक्त निर्माण कम्पनीलाई कालोसूचीमा राखेको हो ।
सार्वजनिक खरिद ऐन र नियमावलीअनुसार समयमै काम नगर्ने निर्माण कम्पनी÷व्यवसायीलाई एक वर्षदेखि तीन वर्षसम्म कालोसूचीमा राख्ने प्रावधान छ । सोहीअनुसार लोकमार्ग अलपत्र पार्ने निर्माण कम्पनीलाई अधिकतम तीन वर्षका लागि कालोसूचीमा राखिएको मध्यपहाडी लोकमार्ग कार्यालय पर्वतका सूचना अधिकारी इञ्जिनियर पवन सुवेदीले जानकारी दिए ।
काठेखोला गाउँपालिकाको बिहुँदेखि घोडाबाँधेसम्मको १२ किलोमिटर सडक भारत पश्चिम बङ्गालको एमपी सितानी एण्ड सन्स, सूर्य कन्स्ट्रक्सन फर्म सुर्खेत र एलिट कन्स्ट्रक्सन प्रालि सुकेधारा, काठमाडौँले संयुक्तरुपमा ठेक्का लिएका थिए । हालसम्म सो सडकको ७४ प्रतिशत प्रगति भएको इञ्जिनियर सुवेदीको भनाइ छ ।
विसं २०७५ माघमा सक्नुपर्ने सडकको काम पाँच पटकसम्म म्याद थप गरिएको थियो । विसं २०८० असार ५ गतेसम्म काम नगरेपछि लोकमार्ग कार्यालयले गत असार १० गते ठेक्का सम्झौता अन्त्य गरी कालोसूचीमा राख्न सार्वजनिक कार्यालयलाई खरिद अनुगमन पत्र पठाएको इञ्जिनियर सुवेदीले बताए । उक्त खण्डमा पाँच किलोमिटर मात्र कालोपत्र गरिएको छ । सात किलोमिटर कालोपत्र गर्न अझै बाँकी रहेको उनको भनाइ छ ।
“लोकमार्गको यो खण्डमा लामो समयसम्म काम भएन, विभिन्न बहानामा निर्माण कम्पनीले काम गरेन, पाँच पटकसम्म म्याद पनि थपियो । काम नगरेपछि कालोसूचीमा राखिएको हो”, इञ्जिनियर सुवेदीले भने, “नयाँ ठेक्काका लागि प्रक्रिया अगाडि बढाइएको छ, बजेटको व्यवस्था भएलगत्तै काम सुरु हुन्छ ।” लोकमार्ग कालोपत्र नहुँदा हिउँदमा धुलो र बर्खामा हिलोले यात्रु र स्थानीय आजित छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- संसद्को दुवै सदनको बैठक आज, बजेटमाथि मन्त्रालयगत छलफल सुरु हुने
- आज सातै प्रदेशको बजेट सार्वजनिक हुँदै, खर्च क्षमता सुधार्ने चुनौती कायमै
- अन्तिम मिनेटको गोलमा आइभरीकोस्टको शानदार जित
- अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने सहमति
- आजको मौसमः केही क्षेत्रमा वर्षा र पश्चिमी तराईमा गर्मी हुने
- यस्ता छन् विश्वको सबैभन्दा ठूलो नोबेल पुरस्कारबारे रोचक तथ्य....
- ओरालो लागेको मृग बने मास्टर सेफ सन्तोषः नियत खराब थिएन नियति खराब भइदियो
- ललितपुरमा गोली चल्योः तीन जना लागुऔषध तस्कर पक्राउ



ट्रेन्डिङ
खबरमुकाम





