काठमाडौं । निर्देशक जिबी आग्रीले निर्देशन गरेको ’प्रदेशीको बाकश’ बोलको गीत बजारमा सार्वजनिक भएको छ ।
बहु चर्चित लोक गायिका शान्ती श्री परियार र सुरेश शाहीको युगल आवाजमा सजिएको यो गीतको भिडियो सुरेश शाही युट्युब च्यानलबाट सोमबार सार्वजनिक गरिएको हो ।
गीतमा दुर्योधन बस्नेतको शब्द रहेको छ भने, गायक सुरेश शाहीको एरेन्ज रहेको छ । बिरेन्द्र भाट बिपिनले छायाकंन गरेको उक्त भिडियोमा कलाकारहरु शितल केसी, दुर्गा भट्ट, रोम विष्ट, दुर्योधन बस्नेत, सुरेश शाही, प्रेमजंग ठकुरी, नरेश शाही र बब्लु बबालले अभिनय गरेका छन् ।
गीतमा बाल कलाकार आयान शाही र रितिका ढुंगानाको पनि अभिनय रहेको छ । गीतले विदेश जान मन नहुँदा नहुँदै पनि बाध्य भएको कथा वस्तुलाई भिडियोमा समेटको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
- श्रम संस्कृति पार्टीले पृथ्वीका सबै श्रमिकलाई मुक्ति र न्याय दिन्छ– सुदन किराती
- मापदण्ड विपरीत सञ्चालित भक्तपुरको बाल गृहबाट ८ बालबालिकाको उद्धार
- २५ वर्षसम्म गोप्य राखिएको रावल आयोगको प्रतिवेदन कार्यान्वयनमा ल्याउँदै बालेन सरकार
- कांग्रेसका असन्तुष्ट युवा नेताहरूको भेला आज, पाँच एजेन्डामा केन्द्रित छलफल हुने
- विश्वकप २०२६ मा अमेरिकाको शानदार सुरुवात
- चर्चित सेफ सन्तोष साह ठगी मुद्दामा पक्राउ
- देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना, कोशीमा भारी वर्षा हुन सक्ने



ट्रेन्डिङ
खबरमुकाम






