काठमाडौं। श्रम संस्कृति पार्टीका वरिष्ठ नेता तथा पूर्व मन्त्री सुदन किरातीले पृथ्वीका सबै श्रमिकहरूको मुक्ति, स्वतन्त्रता र न्यायको वकालत र अगुवाइ श्रम संस्कृति पार्टीले गर्ने बताएका छन् ।
उनले अध्यक्ष हर्क साम्पाङले सुरुवात गरेको श्रमको शीर कहिल्यै झुक्न नदिने समेत बताएका छन् ।
धरानस्थित विजयपुरमा सम्पन्न श्रमदान कार्यक्रममा सहभागी हुँदै किरातीले श्रम संस्कृति पार्टीको आत्मा र पहिचान नै श्रम भएको बताएका हुन् । उनले भने, ‘दार्चुलाको दुम्लिङमा झोलुङ्गे पुल निर्माण गरिरहेको होस् या देशभरि भौतिक तथा मानसिक श्रम गरिरहेको अर्थात् विदेशबाट हाम्रो पार्टीलाई माया गरेर तन, मन र धनले सहयोग गर्ने ती सबै महान् श्रमदाताहरूप्रति उच्च सम्मान छ ।’
औजार चलाउनेदेखि हवाइजहाज उडाउनेसम्म, कला संस्कृति कर्मीदेखि अनुसन्धान र आविष्कार गर्नेसम्म सबै श्रमिक भएको समेत उनले बताए । श्रमदान जस्तो पवित्र चिजलाई साँघुरो दृष्टिकोणबाट हेर्न नहुने समेत बताए । भविष्यमा आर्थिक सामाजिक रुपान्तरण गर्दै ईतिहास त्रुटीहरू पनि सच्याउँदै जाने बयाए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






