सुलीकोट। उत्तरी गोरखामा तीन दिनदेखि परेको भारी हिमपातका कारण साम्दो पुगेका पर्यटकलाई लार्केपास गर्न सकस भएको छ । जिल्लाको चुमनुब्री गाउँपालिका–१ साम्दो, सामागाउँ, ल्हो, स्याला र आसपासका क्षेत्रमा फागुन १४ गते बुधबारदेखि शुक्रबारसम्म निरन्तर रूपमा बाक्ले हिउँ परिरहेको चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिए ।
हिमपातका कारण लार्केपास गर्न हिँडेका पर्यटकहरू साम्दोमा रोकिएको अध्यक्ष लामाले बताए । उनका अनुसार लार्केपास हिँडेका पर्यटकहरू साम्दोमा रहेका होटलहरूमा आश्रय लिएर बसेका छन् । साम्दोको जम्माल होटेलमा १३, होटेल याकमा पाँच र धर्मशालामा चार जना गरी २२ जना पर्यटक तीन दिनदेखि गन्तव्यतर्फ जान नसकेपछि रोकिएका हुन् ।
‘‘जमिनदेखि १० इन्च माथिसम्म बाक्लो हिमपातले गर्दा लार्केपास हिँडेका पर्यटकको होटेल बसाइ लम्बिएको छ, होटेल व्यवसायी निमा लामा दोर्जेले भने, “एकटोली पर्यटक लार्केपास जान नसक्नु र अर्को टोली बिचबाटैमा रोकिनुपर्ने अवस्था आएको छ ।”
हिमपातका कारण स्थानीयवासीको दैनिक जनजीवनसमेत कष्टकर बनेको छ । खानेपानीका मुहानमा पानी जमेको छ भने वृद्धवृद्धा र बालबच्चालाई घरबाहिर निस्कनसमेत समस्या भएको अध्यक्ष लामाको भनाइ छ । हिमपातले चरिचरनमा समेत प्रभाव पारेकाले घरपालुवा गाईबस्तुमा घाँसको अभाव भएको जानकारी उनले दिए।
हिमपात तत्कालै रोकिने कुनै सम्भावना नदेखिएकाले पर्यटकहरू अझै केही दिन साम्दोमा नै बस्नुपर्ने अवस्था रहेको स्थानीय बीरबहादुर लामाले बताए।
‘‘अहिले पनि साम्दोमा हिमपात रोकिएको छैन,’’ साम्दो पुगेकी नेपाली गाइड उषा गुरुङले भनिन्, ‘‘तीन दिन भयो साम्दोबाट अगाडि बढ्न सक्ने अवस्था छैन, १० दिनको अनुमति लिएको तर हिमपातले गर्दा तीन दिन साम्दोमा नै बितिसक्यो ।’’
बुधबारदेखि लार्केपास हिँडेको विदेशी पर्यटकहरू हिमपातले पदमार्ग पूरै ढाकेका कारण साम्दोमा रहेको होटेलमा आश्रय लिएर बस्न बाध्य भएको पथपदर्शक गुरुङले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





