रसुवा । चालु आर्थिक वर्षको पछिल्लो ११ महिनामा रसुवा जिल्लामा पर्यटकको आगमन उल्लेखनीय रूपमा वृद्धि भएको छ। लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालयका अनुसार गोसाइँकुण्ड तथा लाङटाङ क्षेत्र भ्रमण गर्न ४२ हजार २ सय ३० जना आन्तरिक तथा बाह्य पर्यटक आएका छन्। तीमध्ये ३० हजार ७ सय ५० जना स्वदेशी र ११ हजार ४ सय ८० जना विदेशी नागरिक रहेको कार्यालयका रेञ्जर केशव ढौडारीले जानकारी दिएका छन्।
गत आर्थिक वर्षको तुलनामा यस वर्ष पर्यटकको सङ्ख्यामा ठुलो वृद्धि देखिएको छ। अघिल्लो वर्ष रसुवा जिल्लामा जम्मा ३२ हजार ५ सय ९७ जना पर्यटक आएका थिए। त्यसको तुलनामा यो वर्ष ९ हजारभन्दा बढीको वृद्धि भएको हो।

यस क्षेत्रको पर्यटन प्रवर्द्धनले स्थानीय समुदायको आम्दानी, रोजगारी र जीवनस्तरमा समेत सकारात्मक प्रभाव पारेको छ। पर्यटक आगमनसँगै होटेल, लज, गाइड सेवा, यातायात र हस्तकला व्यवसाय फस्टाउँदै गएका छन्। स्थानीय संस्कृति र परम्परागत शैलीको प्रवर्द्धनमा समेत योगदान पुगेको छ। साथै, आगामी दिनमा पर्यटकको सङ्ख्या थप बढाउन लाङटाङ क्षेत्रको प्रचार, पूर्वाधार विकास, सडक पहुँच, सुरक्षाको प्रत्याभूति तथा वातावरण संरक्षणलाई प्राथमिकता दिनुपर्ने आवश्यकता देखिन्छ।
प्रसिद्ध धार्मिकस्थल गोसाइँकुण्ड तथा जैविक विविधता, हिमाली भू–दृश्य, सांस्कृतिक सम्पदा र प्राकृतिक सौन्दर्यले भरिपूर्ण लाङटाङ क्षेत्रले पर्यटकहरूलाई आकर्षित गरेको छ। यहाँको पदयात्रा मार्ग, स्थानिय आतिथ्य सत्कार र प्राकृतिक शान्त वातावरणले स्वदेशी तथा विदेशी दुवै पर्यटकलाई लोभ्याएको छ।
पर्यटक आगमनमा भएको यो वृद्धिलाई थप प्रोत्साहन गर्न पूर्वाधार विकास, प्रचार–प्रसार तथा संरक्षणमा ध्यान दिन आवश्यक रहेको विज्ञहरू बताउँछन्। यसले स्थानीय अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हाँस्य विधाबाट समाज बदलिरहेका अमृतको सफलता
- हिमपहिरोमा परेर विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको निधन
- कांग्रेस फुट्ने पक्का, देउवा पक्षले बनायो राष्ट्रिय भेला आयोजक समिति
- जनकपुरधाममा सद्भाव र्याली, ‘हामी सबै एक हौँ’ भन्दै नाराबाजी
- ब्रड पिक हिमपहिरोः अमेरिकी पर्वतारोही म्यालोरी गाइसको शव भेटियो, सात जना अझै बेपत्ता
- गणेश यादवका परिवारसँग सरकारको आठबुँदे सहमति
- आज पनि देशभर वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा हुने
- राष्ट्रपति पौडेलद्वारा प्रथम राष्ट्रपति र उपराष्ट्रपतिसँग छलफल

ट्रेन्डिङ
खबरमुकाम







