काठमाडौँ । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशी पर्यटन प्रवर्द्धनका लागि अनुसन्धानलाई प्राथमिकतामा राखेर पर्यटन प्रबर्द्धनका कार्यक्रमहरु गरिरहेको बताउनुभएको छ । त्रिभूवन विश्वविद्यालयका प्राध्यापक तथा नेपालीज् मार्केटिङ एसोसियसनका सचिव डा. सुशिल अवालेले ‘नेपालमा पर्यटन प्रबर्द्धनको प्रभाव’ विषयमा गरेको विद्यावारिधी (पीएचडी) को अनुसन्धानबारेको छलफल कार्यक्रममा बोल्दै सीईओ जोशीले यस्तो बताएका हुन् ।
उनले भने, ‘बोर्डले तथ्य र अनुसन्धानमा आधारित नीतिहरूमार्फत मात्र नेपालको पर्यटन क्षेत्रलाई दिगो र प्रतिस्पर्धी बनाउन सकिने कुरामा ध्यान केन्द्रित गरेको छ ।’ नेपाल पर्यटन बोर्ड सार्वजनिक–निजी साझेदारी मोडलमा आधारित संस्था भएको उल्लेख गर्दै सीईओ जोशीले विगत २७ वर्षदेखि नेपाललाई विश्वस्तरको प्रमुख पर्यटक गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यसहित काम गर्दै आएको बताए ।
‘बोर्डले विगतमा ‘रेजिलियन्स बिल्डिङ’, ‘रिभाइभल’ तथा ‘एग्रेसिभ मार्केटिङ’जस्ता रणनीति अवलम्बन गर्दै अन्तर्राष्ट्रिय बजारमा नेपालको पर्यटनलाई प्रवर्द्धन गरिरहेको छ,’ उनले थपे, ‘बजार प्रवर्द्धन केवल प्रचार–प्रसारमा मात्र सीमित नराखी अनुसन्धानलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यक छ ।’
बोर्डले नेपाललाई ‘प्रिमियर भिजिटिङ डेस्टिनेसन’ बनाउन अनुसन्धानलाई केन्द्रीय आधार बनाएर आगामी योजनाहरू अघि सार्ने सीईओ जोशीले बताए ।
पर्यटन बजारमा दीर्घकालीन प्रतिस्पर्धा गर्न तथ्यमा आधारित योजना अपरिहार्य रहेको उनले उल्लेख गरे । यसका साथै सीईओ जोशीले डा. अवालेको अनुसन्धानलाई सम्पत्तिको रुपमा राखिने र रणनीति बनाउन अध्ययन गरिनेसमेत बताए ।
यस अवसरमा डा. अवालेले आफ्नो पीएचडी अनुसन्धानमा आधारित प्रस्तुतिकरणसमेत गरेका थिए । उनले नेपालको पर्यटन आगमन, खर्च गर्ने प्रवृत्ति, गन्तव्य रोजाइ र नीतिगत कमजोरीलगायतका विषयमा विस्तृत तथ्याङ्क प्रस्तुत गरे ।
कार्यक्रममा बोल्ने अन्य वक्ताहरूले पनि नेपालको पर्यटनलाई दिगो विकासको दिशामा अघि बढाउन अनुसन्धान अत्यावश्यक भएकोमा जोड दिएका छन् । उनीहरुले बजार प्रवर्द्धनका कार्यक्रमलाई भावनात्मक प्रचारभन्दा डेटा–आधारित रणनीतिबाट अघि बढाउनुपर्ने समय आएको सुझाव दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बालेन सरकारसँग वीरगञ्जका मेयर सिंहको लडाईं किन पर्यो ?
- सरकारले जनताको दुःख नबुझे सडकमा आउने गगनको चेतावनी
- बाराको सेज क्षेत्रमा पनि चल्दै डोजर, निशानामा ६०० घर–टहरा
- कांग्रेस राष्ट्रिय सभाको प्रमुख सचेतकमा पदम परियार
- मनास्लु र ल्होत्से आरोहणको ७० वर्ष, विशेष कार्यक्रम गरी मनाइने
- शेखर गोल्छा पक्राउ परेकोमा नाडाको आपत्ति
- सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा अभिकर्ता सशक्तिकरण तथा सम्मान कार्यक्रम सम्पन्न
- नयाँ दिल्लीमा नेपाललाई उत्कृष्ट वेडिङ डेस्टिनेसनका रूपमा प्रवर्द्धन


ट्रेन्डिङ
खबरमुकाम







