उपत्यकाकै सबैभन्दा पुरानो मन्दिर मानिने भक्तपुरको चाँगुनारायण मन्दिरलाई चम्पकनारायण, चँगुनारायण, गरुडनारायणको नामले पनि चिनिन्छ । सांस्कृतिक तथा धार्मिक दृष्टिकोणले यस मन्दिरलाई युनेस्कोले सन् १९६९ मा विश्व सम्पदा सूचीमा सूचीकृत गरेको थियो ।
चाँगुनारायण मन्दिरको निर्माण लिच्छविकालीन राजा हरिदत्त बर्माले ईसापूर्व ३२३ मा बनाएको भन्ने भनाइ पाइन्छ । नेपालको प्रसिद्ध तीर्थ स्थलमध्येको एक र प्राचीन पुराताङ्खिवक शिलास्तभ समेत रहेको चाँगुनारायण मन्दिर भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिकामा अवस्थित छ । भक्तपुर नगरबाट ६ कि.मी. उत्तरमा रहेको चाँगुनारायण मन्दिर ऐतिहासिक, कलात्मक र धार्मिक दृष्टिकोणले मात्र नभई प्रमुख पर्यटकीय क्षेत्रको रुपमा पनि महङ्खवपूर्ण रहेको पाइन्छ । काठमाडौँ उपत्यकामा रहेको सात विश्व सम्पदा सूचीमध्ये चाँगुनारायण पनि एक हो ।
उपत्यकामा रहेको प्राचीन मन्दिरमा सबभन्दा पुरानो मानिने यस मन्दिरलाई सन १९६९ मा युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत गरिएको हो । तेलकोट भन्ज्याङ–तेलकोट डाँडा–चाँगु आउने रुट उपत्यकाकै सबभन्दा राम्रो ट्रेकिङ रुट मानिन्छ । साथै यो क्षेत्र नगरकोटको ट्रेकिङ गर्न तथा काठमाडौँ उपत्यकाको दृष्यावलोकका लागि पनि प्रसिद्ध छ ।
नामाकरण
चाँगुनारायणलाई चम्पकनारायण, चँगुनारायण, गरुडनारायण आदि नामले पनि चिनिन्छ । परापूर्व कालमा यो मन्दिरको नाम के रह्यो भन्ने कुनै आधार छैन । लिच्छविकालमा यस मन्दिरको नाम डोलाशिखर स्वामी थियो । चाँगुनारायण मन्दिर अवस्थित डाँडोको नाम डोलागिरी र यसको शिखरको स्वामीको रुपमा यिनलाई डोलाशिखर स्वामी भनिएको हो । मल्लकालमा यिनको नाम नेपाल भाषामा कथिन पुग्यो । नेपाल भाषामा ‘चाँप’लाई ‘चं’ र ‘वन’लाई ‘गुँ’ भनिन्छ । त्यही चंगुनारायण अपभ्रंश भएर पछि चाँगुनारायण हुन गएको हो । सस्कृतमा यिनलाई चम्पकनारायण भनिन्छ ।\
इतिहास
चाँगुनारायण मन्दिरको निर्माण लिच्छविकालमा राजा हरिदत्त बर्माले गरेका भए पनि लिच्छविकालमै अर्का राजा मानदेवको वि.सं. ५२१ मा चाँगुनारायण मन्दिरमा गरुडको मूर्ति स्थापना गराई अभिलेख राख्न लगाएका थिए । सोही समयमा राजा मानदेवले चाँगुनारायण मन्दिरको गुठीको लागि जमीन चढाएको कुरा उक्त अभिलेखमा अङ्कित छ । राजा मानदेवले चाँगुनारायण मन्दिरमा आफ्नो र आफ्नो श्रीमतीको मूर्तिसमेत प्रतिस्थापन गर्न लगाएका थिए ।
वास्तुकला
यो मन्दिर नेपालको मौलिक प्यागोडा शैलीको एक प्रतिनिधि वास्तुकलाको नमुना हो । यो लिच्छविकालीन वास्तुकलाको नमुना हो । समय समयमा यसको जीर्णोद्धार हुँदै आएको छ । मध्यकालमा राजा शिव सिंहकी रानी गङ्गारानी र १८ औँ शताब्दीको सुरुमा कान्तिपुरका शासक भास्कर मल्लको शासनकालमा भएको थियो । पछिल्लो समयमा केही दशक अगाडि पनि यसको जीर्णोद्धार भएको थियो ।
यो मन्दिर चातुष्कोण आकारको छ । यसको पेटी एक तल्लाको मात्र छ । मन्दिर दुई तलाको रहेको छ । मन्दिरको तल्लो तलाको छानो टायलको र माथिल्लो छानो पित्तलको पाताबाट बनेका छन् । दुवै तलामा मझौला आकारका झ्यालहरु रहेका छन् । दुवै तलामा चालीस टुँडालहरु रहेका छन् । प्रत्येक टँुडालमा तीन तहका मूर्तिहरु कुँदिएका छन् । माथिल्लो तहमा रुख–लहरा, बीचमा मुख्य देवता (मुख्यतः विष्णु र शिवका अनेक स्वरुपहरु), र तल्लो तहमा मानिस, पशुपन्छीका मूर्तिहरु कुँदिएका छन् ।
तल्लो तलामा गरुडबाहन विष्णुको प्रस्तर मूर्ति रहेको छ । यो तलामा चार दिशामा चार मुख्य ढोकाहरु रहेका छन् । प्रत्येक मूल ढोकाको दायाँवायाँ नखुल्ने ढोकाहरु बनाइएका छन् । पश्चिमपट्टिको ढोका प्राय खुला राखिन्छ । बेला बेलामा अन्य ढोकाहरु पनि खुला गरिन्छ । ढोकाका दायाँवायाँ गङ्गा, यमुना, तथा अन्य देवीदेवताका मूर्तिहरु राखिएका छन् । ढोकाहरुको माथि धातुबाट बनेका तोरणहरुमा विभिन्न कलाकृति कुँदिएका छन् ।
यस मन्दिरको निर्माणमा काठ र इँटाको बढी र प्रस्तर तथा धातुको कम प्रयोग भएको छ । धातुको प्रयोग मूल ढोका, तोरण, गजुरमा भएको छ ।
चाँगुनारायण मन्दिरका मुख्य भागहरु
छिन्नमस्ता मन्दिर

छिन्नमस्ता मन्दिर चाँगुनारायण मन्दिरमा रहेको देवी भगवती छिन्नमस्तासँग जोडिएको चाँगुनारायण मन्दिरको एउटा भाग हो । छिन्नमस्ता मन्दिरमा देवीको शक्तिलाई आर्जन गर्ने आशाले भक्तहरु पुग्ने गर्दछन् । भगवान विष्णु र दैत्य ‘मुर’ बीचमा चलेको लडाइँले धेरै ठूलो रुप लिएपछि भगवान विष्णुले सम्पूर्ण भगवान तथा श्रद्धालुहरुसँग सल्लाह गरे– हामी सबैले आराधनासहित एउटा महामायाँको पुकार गरौँ भने । त्यससपछि भगवान् विष्णुले ठूलो तपस्या र आराधना गरे । उनले आफ्नो टाउको खिइँदासम्म आराधना गरे । त्यसपछि त्यहाँ देवी भगबती छिन्नमस्ता प्रकट भइन् । त्यसैले मन्दिरको नाम छिन्नमस्ता रहन गयो भन्ने भनाइ छ । त्यसपछि छिन्नमस्ताले त्यो ‘मुर’ भन्ने दैत्यलाई मारेर उसले सिध्याउन लागेको पहाडलाई बचाएकोले श्रद्धापुर्वक उनको पूजाआजा गर्न थालियो ।
किलेश्वोर मन्दिर र डोलेश्वर पर्वत

किलेश्वोर मन्दिर चाँगुनारायण मन्दिरको एउटा भाग हो । भगवान् शीवको आज्ञा अनुसार भगवान् विष्णु गरुडसहित चाँगुनारायण छेत्रमा बस्न थाले । तर ठ्याक्कै कुन ठाउँमा बसे भन्ने यथेष्ट प्रमाण छैन । भगवान् विष्णु लामो समयसम्म यहाँ बसिसकेपछि मुर नाम गरेको दैत्य र भगवान् विष्णुको बीचमा ठूलो लडाइँ भयो । यो लडाइँमा भगवान् विष्णुले म संसारको सबैभन्दा ठूलो प्रजापति बन्नुपर्छ भन्ने इच्छा राखेर सबभन्दा पहिले गरुडलाई लड्न पठाए । गरुड हारेर आएपछि आफू स्वयम् लड्न गए । उनी पनि हारेर आए । त्यसपछि भगवान बिष्णुले मैले यो मुर भन्ने दैत्यलाई किन मार्न सकिनँ भनेर शिवजीलाई सोधे ।
शिवजीले भगवान् विष्णुलाई ‘मैले यसलाई मुरलाई तिमी र मजस्तो पुरुषबाट नमर्ने आशीर्वाद दिइसकेको छु । त्यसैले यो कुनै पुरुषको हातबाट मर्दैन’ भनेर जवाफ दिए । त्यसपछि मुरले नागर्जुन र दोलालघाटको डाँडो तानेर हल्लाउन थाल्यो । यसले गर्दा मान्छेहरु अब यो उपत्यका ध्वस्त हुन लाग्यो भनेर आत्तिए । साथै सबजना मिलेर यसलाई बचाउनु प¥यो भनेर भगवान्सँग प्रार्थना गर्न थाले । भगवान् स्वयम् आफू किलाको स्वरुप लिएर यस ठाउँमा गाडिए । त्यसै कारणले गर्दा यो मन्दिरको नाम किलेश्वोर रहन गयो भन्ने किम्बदन्ती छ । मुर दैत्य झन रिसाएर त्यस पहाडलाई तान्न थाल्यो । अनि त्यो पहाड डोली जसरी जोडसँग हल्लियो । त्यसैले यस पर्वतलाई डोलेश्वर पर्वत, डोला पर्वत र डोलागिरि पर्वत पनि भन्ने गरियो ।
पुजा तथा जात्रा
यस चाँगुनारायण मन्दिरमा विशेष महत्व राख्ने वार्षिकरुपमा विभिन्न मेला र जात्राहरु लाग्ने गर्दछन् । चाँगुनारायण मन्दिरमा लाग्ने मेलाहरुमा विशेष गरी नाग पञ्चमी, तीज, कृष्णाष्टमी, हरिबोधिनी एकादशी, पूर्णिमा आदि छन् । नाग पञ्चमी हिन्दूहरुको एक प्रमुख पर्व हो । यो साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिमा पर्ने गर्दछ । यस दिन नाग देवताको पूजा गरिन्छ्र तीज हिन्दू नारीहरुले मनाउने एउटा महत्वपूर्ण चाड हो । यो चाड भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म ४ दिन मनाइन्छ । तीजमा भगवान् शिवको आराधना गरिनुका साथसाथै नाचगान मनोरञ्जनसमेत गर्ने गरिन्छ ।
नेपाली हिन्दू हिलाहरुद्वारा स्वतन्त्र र आनन्दमय रुपमा मनाइने तीज अन्य धर्म र जातजातिका नेपाली महिलाहरुले पनि हर्षाेल्लासका साथ मनाउन थालेका छन् । कृष्णाष्टमी भगवान् विष्णुको आठौँ अवतारको रुपमा श्री कृष्णको जन्मदिनको अवसरमा हिन्दूहरुले मनाइने वार्षिक पर्व हो । कृष्णा जन्माष्टमीमा हिन्दूहरुले भगवान् श्री कृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँछन् ।
चाँगुनारायण मन्दिरमा हुने मुख्य जात्राहरु जस्तै बैशाख कृष्णाष्टमीको दिन, साउन शुक्ल द्वादशी र पूर्णिमाको दिन र फागु पूर्णिमाको दिन विशेष जात्रा हुने गर्दछन् । बैशाख कृष्णाष्टमीको दिन चाँगुनारायण, किलेश्वोर र छिन्नमस्ताको तीनखटको यात्रा हुन्छ र त्यसको अर्को दिन सानो कृष्ण जात्रा गरेर यो जात्रा मनाइन्छ । साउन शुक्ल पूर्णिमाको दिन कलश यात्रा त्यसको लागि यहाँबाट भोकै पेट काठमाडौँ हिँडेर त्यहाँ पुगिन्छ र हनुमानढोका पुगेर स्वागत तथा पूजा गरेर त्यहाँ भित्र्याउने काम हुन्छ र प्रसाद लिएर फर्किइन्छ । अन्त्यमा चाँगुनारायण मन्दिरमा पुगेर यो जात्रा समापन गरिन्छ । फागु पूर्णिमाको दिन पनि ठूलो कृष्ण जात्रा गरिन्छ र पूजाआजा गरी यो समापन गरिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बालेन सरकारसँग वीरगञ्जका मेयर सिंहको लडाईं किन पर्यो ?
- सरकारले जनताको दुःख नबुझे सडकमा आउने गगनको चेतावनी
- बाराको सेज क्षेत्रमा पनि चल्दै डोजर, निशानामा ६०० घर–टहरा
- कांग्रेस राष्ट्रिय सभाको प्रमुख सचेतकमा पदम परियार
- मनास्लु र ल्होत्से आरोहणको ७० वर्ष, विशेष कार्यक्रम गरी मनाइने
- शेखर गोल्छा पक्राउ परेकोमा नाडाको आपत्ति
- सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा अभिकर्ता सशक्तिकरण तथा सम्मान कार्यक्रम सम्पन्न
- नयाँ दिल्लीमा नेपाललाई उत्कृष्ट वेडिङ डेस्टिनेसनका रूपमा प्रवर्द्धन


ट्रेन्डिङ
खबरमुकाम







