काठमाडौँ । दरबार मार्ग काठमाडौँ स्थित ल्यान्डमार्क होटेल तथा रिसोर्ट र प्रभु बैँक लिमिटेड बीच विशेष छुट सम्बन्धि समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
भदौ १८ गतेका दिन प्रभु बैँकका तर्फबाट चिफ मार्केटीङ अफिसर रमेशकुमार श्रेष्ठ र मार्केटीङ म्यानेजर दिना चित्रकार तथा ल्यान्डमार्क होटेल तथा रिसोर्टका तर्फबाट सहायक बिक्री निर्देशक मालती राई श्रेष्ठ तथा बिक्री तथा विपणन कपोरेट निर्देशक अमृत ढकालले सम्झौतापत्रमा हस्ताक्षर गरी एक अर्कालाई सम्झौता पत्र हस्तान्तरण गरियो ।
ल्यान्डमार्क होटेल तथा रिसोट अन्र्तगत चितवन, पोखरा, काठमाडौँ, तनहु र भैरहवा लगायत शाखासँग प्रभु बैँक लिमिटेड का ग्राहक तथा कर्मचारीहरुले सेवा तथा सुबिधा लिएबापत बिशेष छुट पाउने छन् ।
सम्झौता अनुसार प्रभु बैँक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुले होटेल तथा रिसोर्टको सेवा तथा सुबिधा प्राप्त गर्नको निमित्त बैँकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा बैँकका अन्य कुनै विद्युतिय प्रणालीद्धारा विल भुक्तानी गर्नुपर्ने छ । ल्यान्डमार्क होटेल तथा रिसोर्टको उल्लेखित शाखा मार्फत उपलब्ध आवास तर्फ विशेष सस्थागत छुट साथै खाना तथा पेय पदार्थमा १०% देखि १५% छुट प्राप्त गर्न सक्नेछन ।
त्यसैगरी,ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३१२ शाखा कार्यालयहरु, २५६ एटीएम साथै ४८ एक्सटेन्सन काउन्टर मार्पmत करिब ३१ लाख भन्दा बढि ग्राहकहरुलाई ‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ । साथै प्रभु बैंक फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड–२०२४ अवार्डबाट पनि सम्मानित भएको छ । र साथै नेपाल बेस्ट डिजिटल बैंक फर एसएमइ अवार्ड अन्तर्राष्ट्रिय युरोमनी एक्सिलेन्स अवार्ड २०२५” को अन्तर्राष्ट्रिय बाट पनि सम्मानित भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- संसद्को दुवै सदनको बैठक आज, बजेटमाथि मन्त्रालयगत छलफल सुरु हुने
- आज सातै प्रदेशको बजेट सार्वजनिक हुँदै, खर्च क्षमता सुधार्ने चुनौती कायमै
- अन्तिम मिनेटको गोलमा आइभरीकोस्टको शानदार जित
- अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने सहमति
- आजको मौसमः केही क्षेत्रमा वर्षा र पश्चिमी तराईमा गर्मी हुने
- यस्ता छन् विश्वको सबैभन्दा ठूलो नोबेल पुरस्कारबारे रोचक तथ्य....
- ओरालो लागेको मृग बने मास्टर सेफ सन्तोषः नियत खराब थिएन नियति खराब भइदियो
- ललितपुरमा गोली चल्योः तीन जना लागुऔषध तस्कर पक्राउ



ट्रेन्डिङ
खबरमुकाम





