काठमाडौं, नेपाल – भदौ २२, २०८२ – नेपालको सबैभन्दा ठूलो दुई(पाङ्ग्रे एक्सचेन्ज महोत्सव, “यामाहा ब्लु फेस्ट”, आज हत्तिसारस्थित जय नेपाल सिनेमा हलमा भव्य उद्घाटन समारोहका साथ सुरु भएको छ। उत्कृष्ट अफर, रोमाञ्चक अनुभवहरू, र यामाहा कम्पनीको शैली र प्रदर्शनको पहिचानसँगै, यस पर्वले सहरभरिका बाइक र स्कुटर प्रेमीहरूको उत्साह दोब्बर बनाउने वाचा गरेको छ।
भदौ २२ देखि भदौ २७ सम्म सञ्चालन हुने यामाहा ब्लु फेस्टमा बाइक र स्कुटरप्रेमीहरूले आफ्नो पुरानो सवारी साधनलाई नयाँ यामाहामा अपग्रेड गर्ने उत्कृष्ट अवसर पाउनेछन्। यस चाडपर्वको सिजनमा, यामाहा ब्लु फेस्ट सँग खुशीको यात्रामा निस्कनुहोस्। हात्तिसार (जय नेपाल सिनेमा हल) मा भदौ २२ देखि २७ सम्म उपस्थित हुनुहोस् र आफ्नो पुरानो बाइक वा स्कुटर नयाँ यामाहामा परिवर्तन गर्नुहोस्।
अविश्वसनीय एक्सचेन्ज र फाइनान्स अफरहरूः
- कुनै पनि ब्राण्ड, कुनै पनि बाइक एक्सचेन्ज गर्नुहोस्
- कुनै पनि यामाहा बाइक वा स्कुटरमा न्यूनतम रु.५०,००० मूल्याङ्कन
- अन्य ब्राण्डमा न्यूनतम रु. २५,००० मूल्याङ्कन (कर म्याद पुरा गर्नुपर्ने)
- एक्सचेन्जमा अतिरिक्त रु. १०,००० बोनस
- ७.९९५ ब्याजदरमा फाइनान्स, ग्यारेन्टर आवश्यक छैन
- नगद छुट रु। १०,००,००० सम्म
अन्य थप आकर्षणहरूः
- हरेक यामाहा खरिदमा निःशुल्क हेल्मेट
- भाग्यशाली विजेताहरूका लागि “राइड द ब्लु विथ रोडिज” अनुभव
यामाहाले आफ्नो प्रिमियम लाइनअप प्रदर्शन गर्दैछ, जसमा R15 V4, MT-15 V2, FZ V3 Deluxe, RayZR 125 FI Hybrid, Aerox 155 लगायतका मोडेलहरू समावेश छन्। ग्राहकहरूले यामाहाको शक्ति, शैली, र प्रदर्शनको पूर्ण अनुभव गर्ने अवसर पाउनेछन्।
यस अवसरमा बोल्दै, दीपक अग्रवाल,ED रCEO, यामाहा नेपालले भने,
यामाहामा हामी सधैं यस्तो अनुभव सिर्जना गर्न विश्वास गर्छौं जुन केवल यात्रा मात्र नभई भावना, शैली र प्रदर्शनको अनुभव पनि हो। यो पहल हाम्रो मूल्यवान ग्राहकप्रति धन्यवाद प्रकट गर्ने र अझ धेरै राइडरहरूलाई यामाहा परिवारमा स्वागत गर्ने हाम्रो पहल हो ।
यामाहाको ७० वर्षको नवप्रवर्तन र उत्कृष्टताको परम्परामा आयोजित, जय नेपालमा ब्लु फेस्ट केवल एक्सचेन्ज मात्र होइन, यो राइडिंग संस्कृतिको र यामाहा आत्माको पर्व हो। अविश्वसनीय योजनाहरूदेखि लिएर रमाइलो गतिविधिहरू सम्म, यामाहा नेपाल सबै दुई/ पाङ्ग्रे प्रेमीहरूलाई यस रोमाञ्चक पर्वमा सहभागी हुन आमन्त्रित गर्दछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बालेन सरकारसँग वीरगञ्जका मेयर सिंहको लडाईं किन पर्यो ?
- सरकारले जनताको दुःख नबुझे सडकमा आउने गगनको चेतावनी
- बाराको सेज क्षेत्रमा पनि चल्दै डोजर, निशानामा ६०० घर–टहरा
- कांग्रेस राष्ट्रिय सभाको प्रमुख सचेतकमा पदम परियार
- मनास्लु र ल्होत्से आरोहणको ७० वर्ष, विशेष कार्यक्रम गरी मनाइने
- शेखर गोल्छा पक्राउ परेकोमा नाडाको आपत्ति
- सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा अभिकर्ता सशक्तिकरण तथा सम्मान कार्यक्रम सम्पन्न
- नयाँ दिल्लीमा नेपाललाई उत्कृष्ट वेडिङ डेस्टिनेसनका रूपमा प्रवर्द्धन


ट्रेन्डिङ
खबरमुकाम







