
पशुपतिनगर(इलाम । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि सुनसान भएका इलामका चर्चित पर्यटकीय स्थल कन्याम अन्तुसहितका क्षेत्रमा पर्यटकको चहलपहल सुरु भएको छ ।स्वदेशी तथा विदेशी पर्यटकले खचाखच हुने कन्याम अन्तुसहितका पर्यटकीय स्थल जेनजी आन्दोलनपछि सुनसान बनेका थिए । सुनसान बनेका पर्यटकीय क्षेत्रमा देशको अवस्था सामान्य बन्दै गएपछि फेरि चहलपहल सुरु भएको हो ।
दैनिक हजारौँ पर्यटक आउने यी क्षेत्रका होटल, कटेज तथा होमस्टे सुनसान भएका थिए । देशको अवस्था सामान्य बन्दै गएपछि पर्यटकको चहलपहल सुरु भएको अन्तु पर्यटन व्यवसायी सङ्घका अध्यक्ष रुद्र घिमिरेले जानकारी दिए ।विशेष गरी कन्याम र अन्तुमा स्वदेशी तथा भारतीय पर्यटकको घुइँचो लाग्ने गर्दछ । भारतको पश्चिम बङ्गालका पर्यटकले भरिभराउ हुने यी पर्यटकीय क्षेत्रमा अहिले भने स्वदेशी पर्यटक मात्र आउने गरेका छन् ।
नेपालमा भएको आन्दोलनपछिको त्रासका कारण भारतीय पर्यटक आउन छोडेका हुन् । आन्दोलनपछि सुरक्षाका कारण भारत सरकारले समेत भारतीय नागरिकलाई नेपाल प्रवेशमा कडाइ गरेको छ । सङ्घका अध्यक्ष घिमिरेले भने, ‘‘पर्यटकीय सिजनको सुरुमै पर्यटन क्षेत्रमा धक्का लाग्यो, पहिलेको अवस्थामा आउन केही समय लाग्छ ।’’ उनका अनुसार अहिले अन्तुमा दैनिक पाँच सय हाराहारी पर्यटक आउँदै छन् ।
दैनिक दुई हजारभन्दा बढी पर्यटक अन्तु आउने आन्दोलन अघि आउने गरेका थिए ।अन्तुमा झुल्के हेर्न, अन्तु पोखरीमा डुङ्गा सयर गर्न, विभिन्न जातीय पोसाकमा सजिएर घोडचढी गर्न र चियाबारीको दृश्यावलोकनका लागि पर्यटक आउने गरेका छन् । अन्तुमा बाह्रै महिना पर्यटकको भीड लाग्ने गर्दछ ।
यस्तै, अर्को पर्यटकीय स्थल कन्याममा पनि पर्यटकको सामान्य चहलपहल सुरु भएको छ । ‘‘कन्याम आन्दोलनपछि प्राय सुनसान थियो, अहिले भने केहि चहलपहल सुरु भएको छ’’ होटल व्यवसायी टेकराज गिरिले भननुभयो । कन्याममा चियाबारीमा रमाउन, वनभोज गर्न, जातीय पोसाकमा सजिएर घोडचढी गर्न र चियाको अध्ययन अनुसन्धानका लागि पर्यटक आउने गरेका छन् । स्वदेशी तथा भारतीय पर्यटकको रोजाइमा परेको कन्याममा पनि भारतीय पर्यटकको चाप न्यून भएको छ ।
अन्तु र कन्याममा असोज पहिलो साता देखि जेठसम्म पर्यटकको अधिक भीड लाग्ने गरेको छ । यस्तै इलामका पर्यटकीय स्थल सन्दकपुर डाँडा, माइपोखरी, ढाप पोखरी, पानीटार चिया बगान, टुम्लिङ, टङ्लु, सानो पाथीभरा, भण्डीडाडाँसहितका क्षेत्रमा समेत पर्यटकको चहलपहल बढेको छ । आन्दोपछि सुनसान भएका यी क्षेत्रमा पुनः पर्यटकको आउजाउ सुरु भएको छ ।
पर्यटन सूचना केन्द्र जोरकलसका सूचना अधिकृत गगन घिमिरेले पहिले दैनिक ३० देखि ४० वटा भारतीय सवारी प्रवेश गर्ने गरेकोमा अहिले दैनिक ४÷५ वडा मात्र भारतीय सवारी प्रवेश गर्ने गरेका छन् । उनका अनुसार स्वदेशी पर्यटकको समेत चाप घटेको छ । पछिल्लो समय बर्षा कम भएर मौसममा समेत सुधार आ पछि पर्यटकको आवागमन बढ्न थालेको पाइएको छ ।
प्रेम अधिकारी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार भाइटीकाको उत्तम साइत बिहान ११ः३९ बजे
- पर्यटन क्षेत्रको पुनरुत्थानका लागि रणनीति आवश्यक रहेको सरोकारवालाहरुको जोड
- सांग्रिला डेभलपमेन्ट बैंकद्वारा एससिटी युनियन पे कार्ड सेवा सुरु
- आहा ! मुन्दुम... आहा ! मुन्दुम पदमार्ग.....
- ड्रिम टू प्ले टि-ट्वेन्टी क्रिकेट प्रतियोगिताको उपाधि मोरङलाई
- कोशी प्रदेशको शान पदमार्गमा आधारित पर्यटन
- नेपाल टेलिकमद्वारा जीएसएम पोस्टपेडमा रिक्वेरिङ सजिलो अनलिमिटेड प्याकेज सञ्चालन
- नेपाल बैंकका कर्मचारी र ग्राहकका लागि लिफ प्लससँगको सम्झौतामा २० प्रतिशतसम्म छुट