काठमाडौँ । नेपाल बैंक लिमिटेड र चावहिलस्थित मेडिकेयर हस्पिटल लिमिटेडबीच छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार बैंकमा कार्यरत कर्मचारीहरु र कर्मचारीका परिवार, बैंकमा पेन्सन खाता रहेका ग्राहकहरू, बैंकको डेबिट कार्ड होल्डरहरु र नेपाल बैंकका अवकाश प्राप्त कर्मचारीहरुले मेडिकेयर हस्पिटलमा छुट पाउने छन् ।
सो सम्झौता बमोजिम कर्मचारी र कर्मचारी परिवार, बैंकमा पेन्सन खाता रहेका ग्राहकहरू, बैंकको डेबिट कार्ड होल्डरहरु र नेपाल बैंकका अवकाश प्राप्त कर्मचारीहरुलाई अस्पतालको विविध उपचार सेवामा लाग्ने शुल्कहरूमा बिल रकमको १० प्रतिशत छुट हुने व्यवस्था गरिएको छ ।
सो सम्झौता पत्रमा बैकको तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजनका प्रमुख निर्मल सुवेदी र मेडिकेयर हस्पिटल लि. को तर्फबाट व्यवस्थापन प्रबन्धक रोशन ओझाले हस्ताक्षर गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन
- हुथी विद्रोहीको सैन्य अभियान तीव्र, बाब अल–मन्देब क्षेत्रमा बढ्यो तनाव
- त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, घटनाको छानबिन गर्न समिति गठन
- प्रतिनिधिसभा बैठक आज, चार संसदीय समितिमा पनि छलफल
- पहिलो विदेश यात्रामा प्रधानमन्त्री शाह, संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने

ट्रेन्डिङ
खबरमुकाम






