काठमाडौं । नेपाल बीमा प्राधिकरणको ५८औं वार्षिकोत्सव सम्पन्न भएको छ । प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा एक कार्यक्रम आयोजना गरी वार्षिकोत्सव मनाइएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्राधिकरणका अध्यक्ष चन्द्रकला पौडेलले बीमा क्षेत्रको विकास एवम् पहुँच विस्तारका लागि बीमा सम्बन्धी नीतिगत सुधार साथै बीमितको हित सुरक्षा, समयमैं दाबी भुक्तानी र गुणस्तरीय सेवा प्रवाहलाई प्राथमिकता दिएर अगाडि बढ्नुपर्ने बताइन् । अध्यक्ष पौडेलले प्राधिकरणले आगामी दिनमा नीतिगत तहमा रहेका कमीलाई पूर्ति गर्दै बीमितको हित संरक्षण, बीमकको संस्थागत सुढीकरण, जोखिममा आधारित निरीक्षण, सुशासन प्रवद्र्धन र डिजिटल रूपान्तरणलाई प्राथमिकताका साथ दिगो रूपमा अगाडि बढाउने जानकारी दिइन् ।
अध्यक्ष पौडेलले बीमित, बीमक लगायत सम्बद्ध निकाय एवम् संस्थाहरूसँगको नीतिगत एवम् संस्थागत सहकार्यले बीमा क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै आगामी दिनमा सम्बद्ध सबैको सुझावका आधारमा प्राधिकरण नयाँ ढङ्गले अगाडि बढ्ने बताइन् ।
कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले बीमा क्षेत्रलाई अझ समावेशी, डिजिटल, जोखिम सचेत र आर्थिक विकासको सहयात्री बनाउन प्राधिकरण दृढ रहेको बताए ।कार्यकारी निर्देशक सुवेदीले बीमा क्षेत्रमा सुशासन र अनुशासन सुदृढ गर्नका लागि प्राधिकरणले नियमन र निरीक्षण कार्यलाई थप प्रभावकारी बनाएको उल्लेख गर्दै आन्तरिक सुशासन, संस्थागत सुदृढीकरण र क्षमता अभिवृद्धिका क्षेत्रमा प्राधिकरणले यसवर्ष फड्को मारेको बताए ।
कार्यक्रममा नेपाल बीमक संघका अध्यक्ष वीरेन्द्र बहादुर बैदवार क्षेत्री, नेपाल जीवन बीमक संघका उपाध्यक्ष प्रकाश विक्रम खत्री, नेपाल लघु बीमक संघका अध्यक्ष चिरायु भण्डारी, नेपाल बीमा सर्भेयर एसोसिएसनका अध्यक्ष ऋषि कोइराला, नेपाल पेशागत बीमा अभिकर्ता संघका अध्यक्ष ओम बहादुर के.सी. र नेपाल बीमा ब्रोकर संघका उपाध्यक्ष नरेश श्रेष्ठले शुभकामना म्रन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा प्राधिकरणका अध्यक्ष पौडेल र प्राधिकरणको संचालक समितिका सदस्य मान बहादुर अर्यालले प्राधिकरणमा २० वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीहरूलाई सम्मान गरेका थिए ।
यसैगरी, अध्यक्ष पौडेल, संचालक समितिका सदस्य अर्याल र नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले प्राधिकरणको ५८औं वार्षिकोत्सवका अवसरमा आयोजित विभिन्न खेलकूद प्रतियोगिताका विजयी कर्मचारीहरूलाई पदक तथा प्रमाणपत्र प्रदान गरेका थिए । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका संचालक समितिका सदस्य तथा प्राधिकरणका पदाधिकारी, बीमा कम्पनी, लघुबीमा कम्पनी र पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत, नेपाल बीमक संघ, नेपाल जीवन बीमक संघ, नेपाल लघु बीमक संघ, नेपाल बीमा सर्भेयर एसोसिएसन, नेपाल पेशागत बीमा अभिकर्ता संघ तथा नेपाल बीमा ब्रोकर संघका पदाधिकारीहरू र नेपाल बीमा प्राधिकरणका कर्मचारीहरू तथा पूर्वकर्मचारीहरूको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन नेपाल बीमा प्राधिकरणका उपनिर्देशक श्रद्धा श्रेष्ठले गरेकी थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन
- हुथी विद्रोहीको सैन्य अभियान तीव्र, बाब अल–मन्देब क्षेत्रमा बढ्यो तनाव
- त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, घटनाको छानबिन गर्न समिति गठन
- प्रतिनिधिसभा बैठक आज, चार संसदीय समितिमा पनि छलफल
- पहिलो विदेश यात्रामा प्रधानमन्त्री शाह, संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने

ट्रेन्डिङ
खबरमुकाम





